कारभित्र जलेर ४ जनाको मृत्यु, ४ घाइते

भोपाल, वैशाख १० । भारत मध्यप्रदेशको विदिशा जिल्लामा दुईवटा कार एकआपसमा ठोक्किदाँ चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।

आइतबार राति दुईवटा कार ठोक्किएर आगलागी हुँदा एउटा कारमा सवार चार जनाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । एउटा कारबाट घटनापछि चार जना बाहिर निस्किए तर भोपालबाट सागर जादै गरेको अर्को कारको ढोका लक हुँदा सो कारमा सवार सबैको जलेर मृत्यु भएको बताइएको छ ।

दुघटनामा अर्को कारमा सवार चार जना नै घाइते भएका छन् । उनीको सागरमा उपचार भइरहेको बताइएको छ ।

मृत्यु हुनेमा दुई पुरुष, एक महिला र एक बच्चा रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!