२ बजेको अपडेटः नेप्से कारोबार १.६८ प्रतिशतले घट्यो

काठमाडौं । सोमवार नेप्से परिसूचक १ दशमलव ६८ प्रतिशत घटेको छ ।

३ घण्टाको व्यापारमा शेयर बजार २४ दशमलव २० अङ्कले घटेर १ हजार ४ सय १४ दशमलव २९ विन्दुमा पुगेको छ ।

यस व्यापार अवधिमा १ सय ६८ कम्पनीको १० हजार ९ सय ८ सय पटकको व्यापारमा रू। १ अर्ब १५ करोड बराबरको शेयर कारोबार भएको हो । कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ ।

होटल समूहको परिसूचक ३ दशमलव ९७ प्रतिशत, जलविद्युतको ३ दशमलव ६७, व्यापारको २ दशमलव ४६ र विकास बैङ्कको २ दशमलव २१ प्रतिशत घटेको छ ।

बीमा समूहको परिसूचक १ दशमलव ८४ प्रतिशत, बैङ्किङ र लघुवित्तको १ दशमलव ५५ र वित्त कम्पनीको १ दशमलव ५३ प्रतिशत घटेको छ ।

साथै, ‘अन्य’ समूहको परिसूचक शून्य दशमलव ९६ प्रतिशत र उत्पादन तथा प्रशोधनको शून्य दशमलव २१ प्रतिशत घटेको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!