सुविधायुक्त नयाँ बससँग प्रतिस्पर्धा गर्न पूरानाले भाडा घटाए

काभ्रे । काठमाडौं, वैशाख १० । अरनिको राजमार्ग अन्तर्गत काठमाडौं पनौती सड्कखण्डमा पूराना बस व्यवसायीले भाडा घटाएरका छन् । सो रुटमा सुविधायुक्तको बसहरु सञ्चालन भएपछि पुराना समितिले बस भाडा घटाएका छन् । आन्दोलनरत काभ्रे बस र मिनिबसले भाडादर घटाएर यातायात चलाएका छन् ।

अहिले बनेपा–काठमाडौं रत्नपार्कसम्म ४० रुपैयाँ, बनेपा–कोटेश्वर ३५ रुपैयाँ र बनेपा–सूर्यविनायक ३० रुपैयाँ भाडादर सुरु गरेको हो । यस अघि बनेपा–काठमाडौं रत्नपार्कसम्म ५० रुपैयाँ, बनेपा–कोटेश्वर ४५ रुपैयाँ र बनेपा–सूर्यविनायक ३५ रुपैयाँ भाडा लिँदै आएका थिए

काभ्रे मिनिबस सेवा समितिका अध्यक्ष राजेश सुन्दर सैजुले कडा प्रतिस्पर्धामा जाने उदेश्यले भाडा दर घटाएको बताउनुभयो ।

मयूर यातायातका चालकमाथि निर्घात कुटपीट

आइतबार साँझ साँगामा काठमाडौंदेखि पनौती सञ्चालन भइरहेको बा ५ ख १५४६ नम्बरको मयुर यातायात प्रालिको बसका चालक रामेश्वर सुनवारलाई निर्घात कुटपिट गरिएको छ ।

चालक सुनुवार सामान्य घाइते भएको प्रहरीले जनाएको छ । काभ्रेको साँगामा काभ्रे मिनिबस अन्तर्गत सञ्चालन हुने बा ५ ख २६३९ नम्बर बस र मयुर यातायातको बा ५ ख १५४६ बसमा यात्रु चढाउने विषय लिएर विवाद भएपछि काभ्रे मिनिबसका चालक र सहचालकले मयुर यातायातका चालकलाई कुटपिट गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक सुनिलजंग शाहले बताउनुभयो ।

कुटपिटमा संग्लन रहेका ५ जनालाई पक्राउ गरिएको शाहले जानकारी दिनुभयो । शाहका अनुसार पक्राउ पर्नेहरुमा काभ्रे मिनिबसका सुमन श्रेष्ठ, परिचन्द्र श्रेष्ठ, सुमन धिमाल, विजय थापा, तिर्थ तिया रहेका छन् ।

यातायातमा एकाधिकार तोड्दै जिल्लामा अन्य यातायात सञ्चालनमा आएपछि यात्रुहरु खुशी भएका छन् । ३२ सिटे बस तथा साना बसहरु धुलिखेल – बनेपा हुँदै रत्नपार्क र पनौती बनेपाहुँदै रत्नपार्क रुटमा चल्दै आएकोमा चैत १ गतेबाट मयुर यातायात सञ्चालनमा आएपछि यात्रुहरु सुविधा सम्पन्न बस चढिरहेका छन् ।

मयुरसँगै साझा, मेट्रो तथा अन्नपूर्णका बसहरु सञ्चालनमा आएपछि यात्रुहरु सुविधमसम्पन्न बसहरु पर्खिएरै चढ्ने गरेका छन् । बनेपासम्म इजाजत लिएको मयुर यातायात र साझाले धुलिखेल र पनौतीसम्म बस सञ्चालन गरेका छन् भने मेट्रो र अन्नपूर्णले धुलिखेलसम्म नै इजाजत लिएका छन् ।

ग्रामीण भेगका यात्रु अन्योलमा

सरकारले सिन्डिकेटको अन्त्य भएको बताउँदै कम्पनी अन्तर्गत बस सेवा सञ्चालन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीहरुले आन्दोलनका कार्यक्रम घोषणा गरे । व्यवसायीहरुले यातायात ठप्प पार्ने बताएसँगै ग्रामीण भेगमा जाने यात्रु भने अन्योलमा परेका छन् ।

उनीहरु आफ्ना गन्तव्यमा कसरी पुग्ने भन्ने चिन्तामा छन् । सरकारले रुट परमिट खोलेको बेलामा बनेपा–पनौती र धुलिखेलसम्म सुविधा सम्पन्न बसहरु सञ्चालनमा आए पनि ग्रामिण भेगसम्म ती बसहरु नगएपछि यात्रुहरु अन्योलमा परेका हुन् । ‘ग्रामीण भेगमा उत्पादन भएका सामाग्री ओसारपसार गर्न र मानिसहरुलाई ओहोरदोहोर गर्न समस्या हुन थालेको छ ।’

नमोबुद्ध –५ का गणेश भुर्तेलले भन्नुभयो, ‘यातायात व्यवसायीहरुले यातायात चलाएनन् भने सरकारले त्यसको विकल्प ग्रामिण भेगमा पनि दिनुपर्छ ।’ यातायात बन्द हुने वित्तिकै अरनिको राजमार्गको धुलिखेल, पाँचखाल हुँदै काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप जाने यात्रुहरु मर्कामा पर्नेछन् भने विपी राजमार्गको धुलिखेल, भकुण्डे, नेपालथोक हुँदै सिन्धुली रामेछाप, ओखलढुंगा, खोटाङ लगायतका जिल्लामासमेत यातायात ठप्प हुनेछ ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!