नेपालमा अध्ययन नहुने रेल्वे र सुरुङ इन्जिनियरिङ पढ्न २८ विद्यार्थी चीन जाने

काठमाडौं, वैशाख १०। चीन सरकारले नेपाली नागरिकलाई रेल्वे इन्जिनियरिङदेखि पुल र सुरुङ इन्जिनियरिङसम्म अध्ययनका लागि कोटा उपलब्ध गराएको छ।

सन् २०१८/१९ का लागि उपलब्ध गराइएको स्नातकोत्तर कोटा अन्तर्गत रेल्वे इन्जिनियरिङका ६ कोटामा महिला, जनजाति र मधेसीका लागि एक–एक र बाँकी तीन कोटा खुला रहेका छन्। नेपालमा रेल्वे इन्जिनियरिङको अध्ययन/अध्यापन हुँदैन। भारत र चीनबाट ती देश जोडिने गरी रेल मार्ग निर्माणको चर्चा चलिरहेका बेला चीनले रेल्वे इन्जिनियरिङ अध्ययनका लागि कोटा उपलब्ध गराएको हो।

त्यसैगरी चीनले ब्रिज एन्ड टनेल इन्जिनियरिङका लागि ६, हाइड्रोपावर इन्जिनियरिङका लागि ६, जियोमेटिक्स इन्जिनिरिङका लागि ४, माइनिङ इन्जिनियरिङका लागि ३ र इन्डस्ट्रियल इन्जिनियरिङका लागि ३ कोटा उपलब्ध गराएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!