दूध र केरासँगै खाँदा फाइदा कि बेफाइदा विज्ञ यसो भन्छन् !

केरा र दूध दुवै पोषक तत्वले भरपूर हुन्छन् ।

प्रायः जसो मानिसले आफ्नो मसल्स बनाउने तयार गरिरहँदा उनलाई केरा र दूध खान सल्लाह दिइन्छ ।

त्यस्तै बनाना शेक पनि मानिसलाई मनपर्ने पेय पदार्थमध्येको एक प्रसिद्ध पदार्थ हो । तर, विशेषज्ञहरुका अनुसार केरा र दूध एकैसाथ सेवन गर्नाले स्वास्थ्यलाई हानि पुर्याउन सक्छ । यसले शरीरको विभिन्न अंगहरुको फंगशनलाई पनि प्रभावित पार्छ ।

आयुर्वेदमा पनि केरा र दूध एकैसाथ खानुलाई नराम्रो मानिन्छ ।

साइनस हुने खतरा

एक अध्ययनका अनुसार केरा र दूधको मिश्रणले हाम्रो पाचन तन्त्रलाई नराम्रो तरिकाले प्रभावित पार्छ । जसले गर्दा साइनस सम्बन्धी समस्या हुने खतरा हुन्छ ।

पेटमा ग्यासको समस्या

भारतका आयुर्वेदाचार्य डा.सरोज पाण्डेका अनुसार केरा र दूध दुवै पौष्टिक खाद्य पदार्थ हुन्, तर, दुवै खाँदाको समय २० मिनेटको फरकमा खानुपर्छ । अन्यथा यसले पेटमा ग्याष्ट्रीकको समस्या उत्पन्न गराउन सक्छ ।

शरीरमा विषाक्त पदार्थको उत्पन्न हुन्छ

आयुर्वेदका अनुसार कुनै पनि ठोस फलको कुनैपनि तरल पदार्थमा समायोजन हुुनुलाई राम्रो हुँदैन । केरा र दूध सँग–सँगै खानाले शरीरमा विषाक्त तत्व उत्पन्न हुन थाल्छ । यसले शरीरको सम्पूर्ण कार्यप्रणालीमाथि नराम्रो असर पार्न सक्छ ।

शरीर गह्रुँगो बनिरहन्छ

केरा र दूध एक साथ खानाले शरीर गहुँगो बनिरहन्छ र मस्तिष्कको क्षमतामा पनि कमि आउन थाल्छ ।

एजेन्सीको सहयोगमा

कमेन्ट गर्नुहोस्

error: Content is protected !!