१ बजेको अपडेटः नेप्से कारोबार स्थिर, ४ समूहको परिसूचक बढ्यो

काठमाडौं । सोमवार नेप्से परिसूचक स्थिर रहेको छ ।

उतारचढावमा रहेको बजार २ घण्टाको व्यापारमा केही ओरालो लागेको हो । यस समयमा परिसूचक शून्य दशमलव २७ अंकले घटेर १ हजार ४ सय ३८ दशमलव २२ विन्दुमा पुगेको छ । यस व्यापार अवधिमा १ सय ६० कम्पनीको ७ हजार २९ पटकको व्यापारमा रू. ७६ करोड ४ लाख बराबरको शेयर कारोबार भएको हो । बैङ्किङ, बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त समूह बाहेक बाँकी समूह घटेपछि समग्र बजार ओरालो लागेको हो ।

बीमा समूहको परिसूचक १ दशमलव १८ प्रतिशत, लघुवित्तको शून्य दशमलव २४, बैङ्किङको शून्य दशमलव शून्य ५ र उत्पादन तथा प्रशोधनको शून्य दशमलव शून्य ३ प्रतिशत बढेको हो ।

व्यापार समूहको परिसूचक १ दशमलव ४८ प्रतिशत, होटलको १ दशमलव ९१, विकास बैङ्कको १ दशमलव ३, ‘अन्य’ समूहको १ दशमलव ११, जलविद्युतको शून्य दशमलव ६९ र वित्त कम्पनीको शून्य दशमलव ४५ प्रतिशत घटेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!