पार्टी एकतापछि जिल्ला तहमा पनि दुई पदीय नेतृत्व : गृहमन्त्री थापा

चितवन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले दुई पार्टी एकताका लागि छिट्टै मिति तोकिने बताएका छन् । वैशाख ९ गते तयारी नपुग्दा ढिला भएको भन्दै थापाले यस्तो बताएका हुन् ।

सोमबार चितवनको भरतपुर विमानस्थलमा प्रेस सेन्टर नेपाल चितवन शाखाद्धारा आयोजित पत्रकार सम्मेलनमा उनले एमालले र माओवादी केन्द्रबीच सबै विषयमा टुंगो लागिसकेको भन्दै छिट्टै एकता हुने दावी गरे।

कम्यूयुनिष्ट पार्टीको एकतापछि केन्द्रमा सह–अध्यक्षको मोडेल र जिल्ला तहमा दुई पदीय नेतृत्वको मोडेल तयार गरेर सिफारिस गरेको समेत उनले जानकारी गराएका छन्।

‘जनयुद्धको भूमिकालाई संरक्षण गर्ने र संगठनात्मक विषयमा नेतृत्वको मोडालिटी कस्तो हुने भन्ने विषय पनि टुंगिसकेको छ, उनले भने दुई पार्टीका सबै नेतालाई संगठनात्मक मोडेलका आधारमा व्यवस्थापन गरिने छ ।’

पार्टी एकतामा आवश्यक पुर्वाधार तयार भईसकेको भन्दै उनले एकताका लागि राजनैतिक, बैचारिक र संगठनात्मक आधारहरु तय भईसकेको उनले दावी गरे ।

साथै मन्त्री बादलले प्रहरी प्रशासन संघीय संरचना अनुसार संचालन भईरहेको बताए । गृहमन्त्री बादलले संघीय प्रणाली कार्यान्वयनका लागी गृह मन्त्रालयले कार्यकारी आदेश जारी गरी सकेको बताए ।

उनले देशमा संघीय प्रहरी र प्रदेश प्रहरीको संरचना हुने भन्दै त्यसको समन्वयको लागी कार्यकारी आदेश जारी गरेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!