ठिमीको जुवाखालबाट सात जना पक्राउ

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारबाट जुवातास खेल्दै गरेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बालकुमारी वन नजिकै तीनतले घरमा डेरा गरी बस्ने ३४ वर्षीय कुमार कार्कीले दैनिक जुवातास खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापामारी कार्कीसहित जुवातास खेल्दै गरेका सात जनालाई पक्राउ गरेको हो ।

जुवातास खेल्दै गर्दा १३ थान तास, रु ७२ हजार ३०० नगद, ४०० भारु, तीन अमेरिकी डलरसहित उनीहरुलाई पक्राऊ गरेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी निरीक्षक मदन केसीले जानकारी दिनुभयो । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!