कर्णाली सरकारको नीति तथा कार्यक्रम आज, पर्यटन र पूर्वाधार प्राथमिकतामा

सुर्खेत, वैशाख १० । कर्णाली प्रदेश सरकारको तीनमहिने नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुँदैछ । दिउँसो एक बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने र त्यसलाई पारित गर्ने कार्यसूची छ ।

सरकारका प्रवक्ता भूमिव्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीका अनुसार पर्यटन, कृषि, ऊर्जा र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार पारिएको छ ।

शुक्रबारको मन्त्रिपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरी प्रदेशसभामा पेश गर्न स्वीकृति दिने निर्णय गरेको थियो ।

सोही बैठकले मुख्यमन्त्री सहायता कोष विधेयक, जलश्रोत उपयोग विधेयक र प्रदेश सडक बोर्ड विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय पनि गरेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!