अमेरिकामा अन्धाधुन्ध गोली चल्दा ४ जनाको मृत्यु

काठमाडौं, वैशाख १० । अमेरिकाको टेनेसीमा नग्न अवस्थामा आएका एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा चारजनाको ज्यान गएको छ । टेनेसीको नेशविल्लाको एनटिओचमा रहेको वाफेल हाउस रेस्टुरेन्टमा नाङ्गै आएका बन्दुकधारीले गोली चलाएको प्रहरीले जनाएको छ ।

स्थानीय समय अनुसार आइतबार बिहान तीन बजेर २५ मिनेट जाँदा बन्दुकधारीले सेमी अटोमेटीक बन्दुक चलाएका हुन् । घटनामा अरु दुईजना घाइते भएका छन् ।

घाइते मध्ये एकजनाले आक्रमणकारीबाट बन्दुक घोसेका थिए । त्यहि क्रममा आक्रमणकारी भागेको प्रहरीले जनाएको छ । आक्रमणकारी २९ वर्षको ट्रेविस रेनकिङ्ग रहेको प्रहरीले जनाएको छ ।

आक्रमणकारी रेनकिङ्गको खोजी भइरहेको प्रहरीको भनाई छ । रेनकिङ्ग इलिनोइसको बासिन्दा रहेको पनि प्रहरीले पुष्टि गरेको छ । रेनकिङ्ग गएको वर्ष ह्वाइट हाउसको निशेधित क्षेत्रमा प्रवेश गरेका कारण पक्राउ परेका थिए ।

घटनामा आक्रमणकारीबाट बन्दुक घोसेर सर्वसाधारणको ज्यान जोगाएका जेम्स शाव जुनियरलाई अमेरिकी सञ्चार माध्यमले भने हिरो नभई सेल्फिस रहेको बताएका छन् ।

आक्रमणकारी पिकअप ट्रक चढेर रेस्टुरेन्टमा आएको र रेस्टुरेन्ट बाहिर दुईजनालाई गोली हानेको प्रत्यक्षदर्शीले बताएका छन् । त्यसपछि रेस्टुरेन्ट भित्र छिरेर अन्धाधुन्ध गोल चलाएका थिए ।

तीनजनाको घटनास्थलमै तथा एकजनाको उपचारको क्रममा ज्यान गएको हो । आक्रमणकारी नाङ्गै आएको प्रहरीले उल्लेख गरेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!