ट्राफिकका सइले महिलामाथि एसिड खन्याए

चितवन, वैशाख १० । भरतपुर त्रिचोकमा प्रहरीले नै महिलालाई एसिय प्रहार गरेर घाइते बनाएका छन् ।

चितवनमा ट्राफिक प्रहरी नायव निरीक्षक रामचन्द्र खनियाँले भरतपुर त्रिचोकमा आइतबार दिउँसो ४ बजे कल्पना श्रेष्ठमाथि एसिड प्रहार गरेका हुन् ।

गोरखा घर भई सोही स्थानमा डेरा गरी बस्ने वर्ष २८ की श्रेष्ठको अनुहार र खुट्टामा एसिडले जलेको चितवन प्रहरी प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालले बताए ।

सई खनियाँ पूर्वी चितवनको इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको ट्राफिक शाखामा कार्यरत हुन् । घटनालगत्तै उनलाई गिरफ्तार गरि हिरासतमा राखिएको ढकालले बताए । श्रेष्ठको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

५२ वर्षीय खनियाँ लामो समयदेखि श्रेष्ठलाई एकतर्फी प्रेम गर्दै आएको र आफ्नो कुरा अस्वीकार गरेपछि योजनावद्ध रुपमा उनलाई एसिड प्रहार गरेर घाइते बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । –नयाँ पत्रिका दैनिकबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!