पूर्वडिआइजी गोविन्द निरौला पक्राउ

काठमाडौं, वैशाख ९ । साढे ३३ केजी सुनकाण्ड थप रहस्यमय बन्दै गएको छ । सोही काण्डमा आइतबार पूर्व डिआईजी गोविन्द निरौला पक्राउ परेका छन् ।

प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिले उनलाई आइतबार पक्राउ गरेको प्रहरी स्रोतले बतायो । निरौलाले गत चैतमा अवकाश पाएका हुन् ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार विमानस्थल प्रहरी प्रमुख रहेका वेला निरौला निरन्तर सुन तस्करी गर्ने गिरोहसँग सम्पर्क रहेका भेटिएपछि उनलाई पक्राउ गरिएको बताइएको छ ।

गत ७ माघमा यूएर्इबाट आएको तस्करीको साढे ३३ केजी सुन गायब प्रकरण र उर्लाबारीका सनम शाक्यको हत्याकाण्डमा प्रहरीकै मिलेमतो रहेको आशंकामा घटनाको अनुसन्धानका लागि गृहमन्त्रालयले सहसचिव ईश्वर पौडेल नेतृत्वको छानवीन समिति गठन गरेको थियो ।

घटनामा संलग्नको आरोपमा अहिलेसम्म २१ जना पक्राउ परिसकेका छन् । त्यसमध्ये १७ जनालार्इ जिल्ला प्रहरी कार्यालय, मोरङमा राखिएको छ । ४० भन्दा बढीको सम्पत्ति रोक्का गरिएको छ । भने अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!