जनअनुमोदित एकतालाई निष्कर्षमा पुर्याउनुको विकल्प छैन : ओली

काठमाडौं, वैशाख ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकता प्रक्रियालाई टुंगोमा पु्र्याई छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै त्यसको विकल्प आफूहरुसँग नभएको पनि उनले बताएका छन् ।

आइतबार राष्ट्रिय सभागृहमा आयोजित एमाले–माओवादीको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘अब हामीले कसैलाई दोष लगाउने र कसैको टाउकोमाथि जिम्मेवारी फालेर उम्किने ठाउँछैन । हामीले एकतालाई सफल पार्ने बाहेक अरु बाटो छैन ।’

‘अस्ती मैले एकता संयोजन समितिको बैठकमा पनि भनेको थिएँ । हामी यो ठाउँमा पुगिसकेका छौं, अब जुत्ता मिलेन भनेर त्यत्तिकै हिँड्न मिल्दैन।’ ओलीले भने, ‘मिलेन भने खुट्टा तासतुस पारेर भने मिलाउएर अगाडि जानुपर्छ । हामी त्यो ठाउँमा पुगिसक्यौं।’

उनले एकताअघि दुबै पार्टीमा केहि समस्याहरु हुने भएपनि एकतापछि सबै कुरा सामान्य बन्दै जाने बताए । उनले भने ‘बिहे गर्नुभन्दा अघि त एउटै घर हुँदैन । दुलाहाको अन्तै र दुलहीको अर्के घर हुन्छ । त्यसकारण यो घर यसको र उसको भन्ने हुन्छ । जब बिहेपछि एक भइन्छ सबैको माया लाग्न थाल्छ । यो एकता पनि त्यस्तै त्यस्तै हो ।’

चुनाव अगाडि हामीले एमाले र माओवादीबीच एकता गरि नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउँछ भनौं । त्यसपछि बलियो र स्थिर सरकार बनाएर देशमा विकास र सम्बृद्धि ल्याउछौं भनेका थियो त्यो जन अनुमोदन भयो । हामीलाई त्यसभन्दा बाहिर जाने छुट छैन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!