डिजेल र पेट्रोल अभाव हुँदा सेवाग्राही मारमा

दैलेख । दैलेखमा पेट्रोलियम पदार्थ डिजेल र पेट्रोलको अभाव भएको छ ।

अहिले डिजेल र पेट्रोल अभावले यातायात सेवाग्राही मारमा परेका छन् । पेट्रोलियम पदार्थको मूल्य बढाउनका लागि अभाव सिर्जना गरेको सेवाग्राहीको गुनासो छ ।

पटक–पटक मूल्य बढाउँदा समेत तेल अभाव हुनु नेपाल आयल निगमको गैर जिम्मेवारीपूर्ण काम भएको यातायात सेवाग्राही मधु ढकालले बताए । ‘तीन दिनभन्दा बढी भइसक्यो ।’ उनले भने– ‘अझैसम्म डिजेल, पेट्रोल पाइएको छैन ।’

दैलेख आयल ट्रेडर्सका सञ्चालक शान्तिप्रसाद शर्माले एकसाता अघि तेल माग गरी पठाउँदा समेत अहिलेसम्म आइनपुगेको बताए । ‘डिमाण्ड पठाएको एक साता बितिसक्यो ।’ उनले भने– ‘नेपाल आयल निगम नेपालगञ्जले वेवास्ता गरेकाले अभाव भएको हो ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!