ओली र प्रचण्डले व्यानरबारे गल्ती स्वीकारे, अब दुर्इवटा व्यानरमा कार्यक्रम हुने

काठमाडौं । वैशाख ९ गते अर्थात आजको दिनलाई कम्युनिष्ट पार्टीको स्थापना दिवसको रुपमा लिइन्छ । केही समयअघि सोही अवसरमा आज नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकता गर्ने निर्णय गरेका थिए तर अन्तरिक समस्या देखाउँदै वैशाख ९ गते पार्टी एकता सम्भव भएन ।

पार्टी एकता हुने सम्भावना नभएपछि दुवै पार्टीका शीर्ष नेताले छिट्टै पार्टी एकता हुने सन्देश दिन काठमाडौंमा संयुक्त्त कार्यक्रमको आयोजना गरियो ।

तर कार्यक्रमको मुख्य व्यानरमा लेनिन र माओको तस्वीर नभएपछि माओवादी केन्द्रका नेता तथा कार्यकर्ता आक्रोशित भई कार्यक्रमविरुद्ध नारावाजी गरेपछि कार्यक्रमनै विथोलनि पुगेको थियो ।

तर केपी ओली र प्रचण्डले लेनिन र माओको तस्वीर व्यानरमा नराख्नु आफ्नो गल्ती भएको स्वीकार गरेका छन् । दुबै पार्टीका शीर्ष नेताहरुको बैठकमा ओली र प्रचण्डले गल्ती स्वीकार गरेका हुन् ।

आफूहरुले ब्यानर बनाउन निर्देशन दिँदाखेरि नै कस्तो बनाउने भनेर निर्देशन दिनुपर्नेमा सो नगरिएकाले यस्तो परिस्थिति आएको भन्दै ओली र प्रचण्ड दुबैले यसमा अरुको नभई दुई अध्यक्षकै कमजोरी रहन गएको बैठकमा बताए ।

उच्चस्रोतका अनुसार अब एमाले र माओवादी दुबै पार्टीका आआफ्नै ब्यानरहरु राखेर कार्यक्रम अघि बढाउने सहमति भएको छ । एमालेका तर्फबाट पुरानै बोर्ड राखिने भएको छ भने माओवादीका तर्फबाट राखिने अर्को ब्यानर तयार भइरहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!