सीताराम यचुरी फेरि भाकपाको महासचिवमा निर्वाचित

भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीको २२ औँ महाधिवेसनले सीताराम यचुरीलाई महासचिवमा दोस्रो कार्यकालका लागि निर्वाचित गरेको छ। हैदरावादमा भएको सो पार्टीको महाधिवेसनबाट नवनिर्वाचित ९५ सदस्यीय केन्द्रीय समितिले उनलाई महासचिवमा निर्वाचित गरेको हो।

पछिल्लो समय यचुरी र पूर्वमहासचिव प्रकाश करातबीच विवाद देखिएको थियो।

गत जनवरीमा प्रमुख विपक्षी दल कांग्रेससँग गठबन्धन गर्ने यचुरीको प्रस्तावलाई पार्टीले खारेज गरिदिएको थियो। सो विषयमा यचुरीले असन्तुष्टि जनाउँदै आएका थिए। उनले पार्टीमा देखिएको विवाद आन्तरिक लोकतन्त्रको अभ्यास भएको बताएका छन्।

सन् २०१५ मा भएको २१ औँ महाधिवेसनमा यचुरी पहिलो पटक पार्टी महासचिव बनेका थिए। १९६४ मा सो पार्टी स्थापना भएयता मात्र ५ जना महासचिव फेरिएका छन्। एजेन्सी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!