२ बजेको अपडेट : नेप्से परिसूचक १.९१ प्रतिशत बढ्यो

काठमाडौं । आइतबार नेप्से कारोबार भएको तेस्रो घण्टाको अवधिमा नेप्से परिसूचक १ दशलमव ९१ प्रतिशत बढेको छ ।

कारोबार शुरू भएदेखि बढेको बजार यस समयमा २६ दशमलव ५२ अङ्क बढेर १ हजार ४ सय १४ दशमलव ८३ विन्दुमा पुगेको छ । कारोबार भएका ९ समूहको परिसूचक बढेपछि नेप्से परिसूचक बढेको हो ।

यस समयमा कारोबार भएका १ सय ६२ कम्पनीको रू। ७६ करोड बराबरको शेयर कारोबार भएको छ । कुमारी बैङ्क लिमिटेडको प्रतिकित्ता रू। २ सय ७९ मा रू। ३ करोड ३३ लाख बराबरको शेयर कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!