यी हुन ७ नं प्रदेश मन्त्रिपरिषदले गरेका निर्णय

धनगढी, वैशाख ९ । प्रदेश नं ७ को मन्त्रिपरिषद बैठक विभिन्न निर्णय गर्दै सकिएको छ ।

आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले बिभिन्न ९ वटा प्रस्तावमा छलफल गरेको बताइएको छ ।

बैठकले मुख्यमन्त्री कार्यालयबाट प्रस्तावित ५ वटा प्रश्ताव तथा आर्थिक मामिला मन्त्रालयबाट प्रश्तावित ४ वटा प्रश्ताव माथि छलफल गर्दै बिभिन्न निर्णय गरेको आन्तरिक मामिला मन्त्री तथा सरकारका प्रवक्ता प्रकाश शाहाले जानकारी दिनु भयो ।

बैठकले प्रदेश आकस्मिक कोष २०७४ तर्जुमा गर्न आन्तरिक मामिला तथा योजना मन्त्रालयलाई सैद्धाान्तिक सहमति दिने, विनियोजन विद्येयक २०७५ र चालु आर्थिक वर्ष २०७४÷०७५ को वजेट प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने लगायतका निणर्य गरेको प्रवक्ता शाहले बताउनु भयो ।

यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट पेश गरिएको स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सेवासुविधाका सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक २०७५ मा थप अध्ययन गरी पुन मन्त्रिपरिषदमा पेश गर्नेे, मूख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमीक तथा सुवासुविधा सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक तर्जुमाका लागि सहमति प्रदान गर्ने निणर्य गरेको बताइएकोे छ ।

साथै संघीय सरकारले आगामी वर्ष २०७५÷०७६ का लागि बनाउने नीति तथा कार्यक्रममा प्रदेश सरकारको तर्फबाट समावेश गर्नु पर्ने महत्वूुर्ण योजनाहरुको बारेमा पनि छलफल भउको सरकारका प्रवक्ता शाहले जानकारी दिनु भयो ।

प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७४÷०७५ को वजेट प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेपछि आइतबार अपरान्ह ३ बजे आन्तरिक मामिला तथा योजना मन्त्री झपट वोहराले बजेट प्रस्तुत गर्दै हुनुहन्छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!