कर्णाली प्रदेशको नीति तथा कार्यक्रम सोमबार संसदमा प्रस्तुत हुने

कर्णाली प्रदेश सरकारले सोमबारको संसद बैठकमा नीति तथा कार्यक्रम टेवल गर्ने भएको हो ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षयतामा शनिबार बसेको मन्त्रिपरिषद् बैठकले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम पछि तिन महीने बजेट ल्याउन तयार गरेको छ । नीति तथा कार्यक्रमलाई सोमबार संसदमा प्रदेश प्रमुद्धारा प्रस्तुत हुने जनाइएको छ ।

कर्णाली प्रदेश सरकारको शनिबारका बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेस गरेको ‘मुख्यमन्त्री सहायता कोष विधेयक २०७५’ को मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ भने भौतिक पूर्वाधार विकास मन्त्रालयले पेस गरेको ‘जलस्रोत उपयोग विधेयक’ र ‘प्रदेश सडक बोर्ड विधेयक २०७५’ को मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको सरकारका प्रबतmा कृषि सहकारी तथा भुमिसुधार मन्त्री बिमला केसीले जानकारी दिनुभयो ।

कर्णाली सरकारले आफ्नो नीति तथा कार्यक्रममा यसअघि प्रदेश सरकारले गरेका निर्णय र घोषित कार्यक्रमलाई प्राथामिकतामा राखेर ल्याउन लागेको सरकारका एक मन्त्रीले जनाएका छन । तिब्बतसँगका उत्तरी नाकालाई प्राथमिकतामा राखिएको नीति तथा कार्यक्रममा अर्गानिक प्रदेशको स्थापना, सडक सञ्जाल बिस्तार, पर्यटन प्राधिकरण गठन, डिजिटल प्रदेशको घोषणालाई कार्यन्वयन लगायतका विषय समेटिएका छन ।

उत्तरी नाका खोल्दै भौतिक पुर्वाधारमा जोड

प्रदेश सरकारको नीति तथा कार्यक्रमले भौतिक पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा र कृषिलाई प्रभावकारी बनाइनुका साथै बजेट छोटो अवधिका लागि भएकाले आगामी वर्षमा काम सम्पन्न हुने गरी सम्भाव्यता अध्ययन र दीर्घकालीन योजनाहरू लाई समेत प्राथिमकतामा राखेर ल्याउन लागिएको सरकारका प्रवक्ता एवं भुमि सुधारमन्त्री बिमला केसीले जानकारी दिनुभयो ।

प्रदेश प्रमुखले प्रस्तुत गर्ने

प्रदेश सरकारको मन्त्री परिषदमा स्वीकृत भए पछि प्रदेश प्रमुख दुर्गाकेशर खनालले सोमबार दिउँसो बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ । संसदमा टेवल गरिएको निति तथा कयाृक्रम उपर मंगलबारदेखि छलफल हुनेछ । त्यसैमा टेकेर सरकारले यसै साता बजेट ल्याउने तयारी गरेको जनाइएको छ ।

मुख्यमन्त्री र प्रदेश प्रमुख बिच छलफल

कर्णाली प्रदेश सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमका बिषयमा प्रदेश सरकारका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले आज प्रदेश प्रमुख दुर्गा केसर खनाललाई भेटेर छलफल गर्नु भएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!