माओवादी नेता ‘सरल’ तीन विद्यार्थीको अभिभावक बने

कञ्चनपुर । राष्ट्रिय अभियान चलेका बेला नेकपा माओवादी केन्द्रका एक नेता अभिभावक बनेका छन् ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं ७ नम्बर प्रदेश प्रचारप्रसार विभाग प्रमुख ओमविक्रम भाट (सरल) तीन विद्यार्थीको अभिभावक बनेका हुन् ।

उनी कञ्चनपुरको बेदकोट नगरपालिका १० चतहरीको रत्न माध्यामिक विद्यालयको अभिभावक बनेका छन् । भाटले उक्त विद्यालयमा तीनजना छात्रछात्राको पढाई खर्च बेहोर्ने सर्तमा अभिभावक बनेको विद्यालयले जनाएको छ । विद्यालयका प्राध्यानाध्यापक खड्कसिंह पालले दुई छात्रा र एक छात्रलाई पढाइने दिने सम्झौता गरेको बताए ।

प्रअ पालका अनुसार, माओवादी नेता सरलले कक्षा १० मा अध्ययनरत सपना रोकाया, ९ मा अध्ययनरत अञ्जु सार्की र ९ मै अध्ययनरत बलभद्र रानालाई पढाउने जिम्मा लिएर अभिभावकत्व ग्रहण गरेको छन् । माओवादी नेता भाट आइतबार विद्यालयमा गएर उनीहरु तीनै जनाको नाम लेखाएका छन् भने भर्नाकै दिन तीनैजना विद्यार्थीलाई एक जोर युनिफर्म, झोला, कापी, कलम तथा शैक्षिक समाग्री समेत दिएका छन् ।

माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य एव ७ नम्बर प्रदेश प्रचारप्रसार विभाग प्रमुख ओम विक्रम भाट ९सरल०ले आर्थिक रुपमा विपन्न विद्यार्थीलाई शिक्षाको पहुँचमा बृद्धि गराउन अभिभावक बनेको बताए ।

राष्ट्रिय भर्ना अभियानलाई समेत सफल पार्नका लागि आफुले ग्रामीण भेगका विपन्न समुदायका बालबालिकालाई पढाउने जिम्मेबारी लिएको बताए । ‘मैले गाउँका गरिब समुदायका बालबालिकालाई आगामी दिनमा समेत पढाउनेछु , ‘उनले भने, ‘यस बर्ष शुरुवात मात्रै गरेको हुँ ।’

समाजका हरेक सचेत अभिभावकले यस्तै विपन्न समुदायको विद्यार्थीको शिक्षाका लागि अग्रसर भए कोहीपनि शिक्षाबाट बञ्चित नहुने उनको भनाई छ । माओवादी नेता सरलले विद्यालयको चौतर्फी विकासका लागि आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने आवश्वासन समेत दिएका छन् ।

सामुदायिक विद्यालयको गुणस्तर बृद्धिका लागि पार्टी र आफ्नो क्षेत्रबाट भरपुर सहयोग गर्ने समेत बचन दिए ।

यस्तै, माओवादी केन्द्रका नेता सरलसँगै अन्य दुई जनाले पनि अभिभावकत्व ग्रहण गरेका छन् ।

विद्यालयका प्रअ पालका अनुसार नेपाल खानेपानी संस्थानका बोर्ड निर्देशक नेत्र प्रशाद पन्त र सोही विद्यालयका शिक्षक राजेन्द्र प्रशाद भट्टले समेत एक एक विद्यार्थीका अभिभावक बनेका छन् । नेपाल खानेपानी संस्थानका बोर्ड निर्देशक पन्तले दिप्ती रानालाई कक्षा ९ मा भर्ना गरिदिएका छन् भने शिक्षक भट्टले ठक्कर सेटीलाई कक्षा ९ मै भर्ना गरिदिएका छन् । उनीहरु दुवै जनाले पनि विद्यार्थीको सम्पूर्ण खर्च बेहोर्ने छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर लुहारले समाजका अग्रणी व्यक्तित्वले आर्थिक रुपमा कमजोर विद्यार्थीको शिक्षाका लागि गरेको सहयोग सरहानिय भएको बताए । दरबन्दी अभावका कारण विद्यालयले अभिभावककै सहयोगमा विद्यालय संचालन गर्न बाध्यता रहेको उनले बताए ।

विद्यालयमा भौतिक जनशक्ति अभावका कारण विद्यालय संचालनमा समस्या भएको बताउदै अध्यक्ष लुहारले विकासका लागि समेत पहल गरिदिन आग्रह गरे । विस २०३९ सालमा स्थापना भएको विद्यालयमा हाल ७ सय विद्यालय अध्ययनरत रहेका छन् । नयाँपत्रिकाबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!