माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक सकियो

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बिस्तारित बैठक सकिएको छ ।

आइतबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले पार्टी एकतामा भइरहेका प्रगतिबारे छलफल भएको थियो । बैठकमा अध्यक्ष प्रचण्डले दुबै पार्टीका कार्यादलले दुबै अध्यक्षलाई बुझाएको प्रतिवेदनमा भएको छलफलबारे स्पष्ट पार्नुभएको थियो ।

बैठकमा सैद्धान्तिक, राजनैतिक, सांगठनिक विषयमा समझदारी कायम गर्ने कुरा सकारात्मकढंगले अघि बढिरहेको अध्यक्षले बैठकमा जानकारी गराउनुभयो । यसमा अझै थप छलफल जारी रहेको अध्यक्ष प्रचण्डको भनाई थियो ।

अहिलेको राष्ट्रको आवश्यकता, दुवै पार्टीका नेता, कार्यकर्ता र नेपाली जनताले अनुमोदन गरेको पार्टी एकता सम्पन्न गर्ने कुरा सुनिश्चित भएको बैठकको निश्कर्ष छ । समानता, सम्मानजनक र न्यायोचित आधारमा पार्टी एकता सम्भव हुने अध्यक्षले बैठकमा बताउनु भयो ।

बैठकमा सहभागी नेताहरुले पार्टी एकता सम्मानजनक रुपमा हुनुपर्ने अध्यक्षलाई सुझाव दिएका थिए । पार्टी एकता प्रक्रिया सकारात्मक रुपमा अगाडि बढेको बैठकको ठहर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!