यी मोडलले आफ्नो तस्विरभित्र लुकेको पीडा यसरी सार्वजनिक गरिन्

१७ वर्षको उमेरदेखि नै म पलभरका लागि पनि एक्लो रहेकी छैन। मलाई कसरी फेला पार्ने भन्ने पुरुषहरु जान्दछन्। म पनि उनीहरुबाट मोहित भइरहन्छु। यस्तो लाग्छ, म तन्किएर सदाका लागि अस्तित्वमा छु ।

म गलैँचामा बच्चजसरी बसेकी छु। मेरो पिठ्युँ भित्ताको हिटरबाट केही इन्च मात्रै टाढा छ । म आफ्ना पुराना तस्वीर नियालिरहेकी छु। म ती अनुहारहरुलाई यसरी उठाउँछु, मानौँ ती पानीका थोपा हुन् र औँलाको चेपबाट खस्न चाहन्छन्।

यो तस्वीरमा म १८ वर्षकी छु। बैंककको घामको किरण, त्यहाँको अनौठो आर्द्रता र गर्मीले मेरो त्वचा तताएको छ। एक प्रतिष्ठित स्पर्धाका लागि एक साथीले मेरो तस्विर कैद गरिरहेकी छु । म उसका लागि सुन्दर बन्न चाहन्छु। उसलाई जित्न सहयोग गर्न चाहन्छु। म आशा गर्छु, मैले बोक्ने कथालाई मेरो अनुहारले धोका नदेओस्।

हरेक तस्विरमा देखिने म अर्कै व्यक्तिको उत्पादन हुँ। तिनको आवश्यकता, विचार, उद्देश्य र चाहनाको परिणाम हुँ। साँझको प्रस्तुतिका बेला लगाउने झुम्का खोज्दै जाँदा पुरानो काठको गहना राख्ने बाकसभित्र मैले तस्विरको खात भेट्टाएँ।

तस्विरमा देखिने केटी र ती भित्र लुकेका कथाबीचको अन्तरले मलाई घुँडा टेक्न बाध्य गरायो । त्यसपछि म पुनः न्यानो महसुस गर्न भित्तामा टाँसिएँ।

यो तस्वीरमा म १८ वर्षकी छु। बैंककको घामको किरण, त्यहाँको अनौठो आर्द्रता र गर्मीले मेरो त्वचा तताएको छ। एक प्रतिष्ठित स्पर्धाका लागि एक साथीले मेरो तस्विर कैद गरिरहेकी छु । म उसका लागि सुन्दर बन्न चाहन्छु। उसलाई जित्न सहयोग गर्न चाहन्छु। म आशा गर्छु, मैले बोक्ने कथालाई मेरो अनुहारले धोका नदेओस्।

केही महिनाअघि मात्र यो कुरा सुरु भएको थियो। मेरो हाइस्कुलको मनोविज्ञान पढाउने शिक्षक मलाई चिठी पठाइरहन्छ । ऊ सबै चिठी रातो मसीले ठूलो अक्षरमा लेख्छ। उसलाई मेरो कक्षा तालिका थाहा छ, त्यसैले कक्षा कोठामै मलाई फोन गर्छ।

‘सबै कुरा म रेकर्ड गरिरहेको छु,’ ऊ भन्छ।

ऊ यो सब सेक्स, शक्ति र शिकारका लागि गरिरहेको छ। केटीहरुको आवाज धातुको सानो बाक्सामा रेकर्ड गर्नु थुप्रै लोग्नेमान्छेहरुको समय बिताउने मेलो हो । १८ वर्षसम्ममा यो कुरा बुझ्न मलाई जीन्दगीले पर्याप्त अनुभव दिइसकेको छ।

‘तिमी त साह्रै दुष्ट छ्यौ,’ ऊ मलाई लेख्छ वा फोनमा भन्छ। तावामा तेल खारिएझैँ उसको स्वर सुसाउँछ। ‘तिमीले यसको दण्ड पाउनैपर्छ। म तिम्रा कुरा अरुलेभन्दा राम्ररी थाहा पाउँछु। तिमी त आफूलाई सर्वसुन्दरी ठान्छ्यौ। तिम्रो मुस्कान। तिम्रो शरीर। पढाइमा पनि राम्रो अंक। तिमीले मलाई पनि त खुसी तुल्याउनुपर्‍यो !’

उसको चिठी, फोन, सताउने कार्य र धम्कीबारे म स्कुलको प्रधानाध्यापकलाई जानकारी गराउँछु। कार्यालय कोठामा विद्यार्थीलाई राखिएको कुर्सीमा म बसेकी छु। प्लास्टिकको कुर्सीले मेरो मेरुदण्ड झन्झनाउँछ। बच्चाको झैँ मेरो गोडा कुर्सीमा झुण्डिन्छ। म सोच्छु, सायद प्रधानाध्यापक सबै केटीहरुको खुट्टा त्यसैगरी झुण्डियोस् भनेर अग्लो कुर्सी राख्ने गर्छ। के ऊ आफ्नो अधिकारलाई अतिरञ्जित गर्न, हामीलाई भयभीत तुल्याउन, आज्ञाकारिता प्राप्त गर्न त्यसो गर्छर ?

ऊ यो सब सेक्स, शक्ति र शिकारका लागि गरिरहेको छ। केटीहरुको आवाज धातुको सानो बाक्सामा रेकर्ड गर्नु थुप्रै लोग्नेमान्छेहरुको समय बिताउने मेलो हो । १८ वर्षसम्ममा यो कुरा बुझ्न मलाई जीन्दगीले पर्याप्त अनुभव दिइसकेको छ।

म सकेसम्म राम्ररी उसलाई कुरा बुझाउन खोज्छु। ऊ सुनिरहन्छ। म आफ्नो आवाज दृढ र आवेशबिहीन राख्छु। नाटक लेखकले झैँ म उसलाई ती दृश्यहरु वर्णन गर्छु। मैले भावुकता प्रदर्शन गरेँ भने त्यसलाई मैले बोलेको सत्यमाथि नै आक्रमण गर्न प्रयोग गरिनेछ। मलाई यो कुरा थाहा छ, किनभने यौनिक खतरासँग यो मेरो पहिलो जम्काभेट होइन। पहिलो पटक त एघार वर्षकी हुँदै मैले यस्तो भोगिसकेकी थिएँ। ऊ मेरो भान्दाइ थियो र मभन्दा २० वर्ष जेठो थियो। ‘लोग्नेमान्छेको जात त्यस्तै हो,’ मेरो गुनासोको उत्तरमा भनियो र आफूलाई बचाउने जिम्मा मैमाथि छोडियो।

‘धन्यवाद,’ प्रधानाध्यापकले भन्यो। ‘यो कुरा म ठीक गर्छु। कसैलाई नभनेकोमा धन्यवाद।’

मैले उसलाई चुप बस्छु भनेको याद छैन।

‘तिमी कक्षामा फर्किऊ।’ प्रधानाध्यापक योभन्दा अझ महत्वपूर्ण अरु कामतिर लाग्छ।

म र मेरो गुनासोलाई पुनः उही स्थानमा थन्क्याइन्छ। जहाँ ऊ मानिसको व्यवहारको सूक्ष्म भेदबारे बखान गर्दै मेरो लागि मात्र आरक्षित दुर्भावनायुक्त मुस्कान छरिरहन्छ। स्कुलमा मेरा बाँकी वर्षहरु ऊ यसैगरी मलाई जिस्क्याउँदै अँध्यारो इनारबाट पानी निकालेझैँ अरु विद्यार्थीहबाट हाँसो बटुल्दै बिताउनेछ। एक केटीमा पलाएको आशक्तिका कारण मैले यो कुरा बढाइचढाइ गरेको आरोप लगाउनेछ।

‘तिमी मुस्कुराइरहनु पर्दैन,’ मेरो फोटोग्राफर साथी भन्छे। त्यो क्षण ऊ मलाई अत्यन्त प्रिय लाग्छे, त्यसैले म झण्डै रोएँ।

रीमा जमान २३ वर्षको हुँदा

खातबाट म अर्को तस्वीर उठाउँछु। यसमा म २३ वर्षकी छु। समयले मेरो अनुहार दुब्ल्याएको छ। जवानीलाई शृंगारले विस्थापित गरेको छ। अहिले म अभिनेत्री हुँ र न्युयोर्कमा छु। फोटो सुटका क्रममा लिइएका हजारौँ तस्वीरमध्ये मेरो एजेन्ट यसलाई चाहिँ मन पराउँछन्।

‘तिमी यसमा शान्त र दृढ देखिन्छौ,’ उनीहरु मलाई भन्छन्।

मेरोबारे यस्तो सोच्ने उनीहरु कति असल त !

म बलात्कृत भएको रातमा पनि यो गीतले मेरो पिछा छोड्दैन। डरले शरीर भरिएपछि मेरो दिमाग शरीरबाट अलग भएर कोठाको एउटा कुनामा अलग्ग बस्न पुग्छ। त्यही कुनामा मेरो दिमाग सानो बच्चाझैँ छातीमा घुँडा टाँसेर डल्लो पर्छ, सबै दृश्य नियाल्दै, ताज्जुब मान्दै। शरीरबाट बाढीझैँ निस्किरहेको पीडाबाट ध्यान हटाउन अन्य सोचसँग आफूलाई व्यस्त बनाउँदै।

एक अभिनेत्रीको अस्तित्व अनौठो हुन्छ। हामीलाई सुन्दर ढंगले बोल्न तालिम दिइएको हुन्छ। तर हामीले अरुले दिएका शब्द मात्रै बोल्नुपर्छ। यसैको माध्यमबाट हाम्रो जाँच लिइन्छ। हामी निर्देशित हुन्छौँ। कुँदिन्छौँ। चम्किलो हुन्जेल टल्काइन्छौँ। उनीहरुले इच्छाएअनुसार नचम्किए, नबोले वा व्यवहार नगरे हामीलाई तुरुन्दै विदा दिइन्छ।

‘हामी अलग बाटो जाँदैछौँ ।’ ‘हामीले खोजी गरिरहेको मान्छे तिमी होइनौ।’ ‘यो भूमिका तिमीलाई सुहाएन ।’

हरेक दिउँसो र राती यी शब्द मेरो दिमागमा सर्पझैँ फण फुलाउँछन्, अभिन्न मित्रझैँ मेरो साथमा रहिरहन्छ। यो एक उपहासपूर्ण धुन हो, जसलाई हरेक महिला राम्ररी जान्दछन्।

म बलात्कृत भएको रातमा पनि यो गीतले मेरो पिछा छोड्दैन। डरले शरीर भरिएपछि मेरो दिमाग शरीरबाट अलग भएर कोठाको एउटा कुनामा अलग्ग बस्न पुग्छ। त्यही कुनामा मेरो दिमाग सानो बच्चाझैँ छातीमा घुँडा टाँसेर डल्लो पर्छ, सबै दृश्य नियाल्दै, ताज्जुब मान्दै। शरीरबाट बाढीझैँ निस्किरहेको पीडाबाट ध्यान हटाउन अन्य सोचसँग आफूलाई व्यस्त बनाउँदै।

‘अब म को बन्नेछुरु कस्तो भूमिका चाहिँ मलाई सुहाउलारु के यो रात सदाका लागि मेरो छालामा टाँस्सिइरहलारु के बलात्कार सुगन्धजस्तै हुन्छरु मेरो नजिक आउने जोसुकैले यो कुरा सुँघेर थाहा पाउछरु के मेरो नाम अब ‘महिला’ बाट ‘पीडित’ मा बदलिइसक्योरु

भाग्यवश मेरो बलात्कारी समय, पीडा र मप्रति मितव्ययी हुन्छ। ऊ निस्किन्छ र अर्को दिन सुरु हुन्छ। म आफ्नो दिमागलाई चुप लगाएर, सुन्दर भएको अभिनय गर्दै रेष्टुरेन्टमा आफ्नो पालोको काम गर्छु। दिउँसो म मोडलिङका लागि दौडिन्छु। त्यसपछि युवा अभिनेत्रीहरुका लागि त्यसवर्षको सबैभन्दा प्रतिष्ठित शो ‘गसिप गर्ल’ मा अडिसन दिन पुग्छु। अडिसनका लागि म स्क्रिप्टका निरस वाक्य बोल्छु। ती शब्द खाली कागजजस्तै मसीविहीन, नरम लाग्छन्।

‘त्यो दृश्य फेरि गर, अनि हाम्रोलागि अलिकति खितखिताइदिन्छौ किरु’ कास्टिङ डाइरेक्टर सुझाउँछ। निर्माताहरु उत्साहित भएर मुन्टो हल्लाउँछन्। ‘तिमीले यसमा आफूलाई अलि कम गर्न आवश्यक छ,’ कास्टिङ डाइरेक्टर हातले इसारा गर्दै बताउँछ। ‘त्यो चरित्र अरु सबैभन्दा तीक्ष्ण छैन भनौँ न।’ उनीहरु सबै हाँस्छन्। ‘मात्र हाँस्ने प्रयास गर।’

निर्देशनअनुसार म प्रस्तुति दिन्छु। खितखिताउँछु, आफूलाई घटाउँछु। समयका लागि धन्यवाद। अर्कोको पालो।

अर्को तस्वीर, आफ्नो मोडलिङ कार्डका लागि मैले छानेका पाँचमध्ये एक तस्वीर, २५ वर्ष हुँदाको। अभिनेत्रीको तस्वीरभन्दा अलग। मोडलिङ कार्डमा दुवैतर्फ तस्वीर हुन्छ। चार ओटा एकापट्टि र अर्कोतिर कार्डभरीको एउटा। यो उद्योगको चलनअनुसार नै यिनमा मैले फरफरक मात्रामा वस्त्र खोलेकी छु।

‘मलाई यो चाहिँ मनपर्‍यो,’ उसको विचार सोध्दा मैले डेटिङ गरिरहेको मान्छेले भन्यो। ‘यो मेरो सबैभन्दा मनपर्ने तस्वीर हो। यसमा तिमी कुनै सन्देश दिइरहेकी झैँ देखिन्छौ।’

‘कस्तो सन्देशरु’ म सोध्छु। मैले सुनेकै कथा उसले पनि सुनेको छ कि भनेर जिज्ञासु हुँदै।

‘यता आऊ, म तिमीलाई चाहन्छु भनेजस्तै।’ ऊ मुस्कुराउँछ। ‘तिमीलाई ‘कम हिदर’ ९कामुक निमन्त्रणा० को कुरा पूरै थाहा छ।’ ऊ हाँस्छ र मलाई अझ नजिक तान्छ।

म पनि ऊ सँगसँगै हाँस्छु, उसको चुम्बनको जवाफ दिन्छु र उसको ओच्छ्यानमा पल्टिन्छु।

पछि ऊ नुहाउँदै गर्दा उसले छानेको तस्वीर म फेरि हेर्छु। यो र अरु सबै तस्वीरमा म आफैँ चाहिँ कति कम बाँकी रहेकी छु भनेर म चकित पर्छु। ओहो, म कति चम्किलो र आदर्श देखिन्छु। यी तस्वीरमा पन्ध्र वर्षको उमेरदेखि मैले लड्दै आएको एनोरेक्सिया ९खानपिनसम्बन्धी एक मनोवैज्ञानिक विकार, जसले अरुचि गराउँछ० ले मज्जासँग आफ्नो धर्म पूरा गरेको छ। लोग्नेमान्छे शारीरिक रुपमा उपस्थित नभए पनि पुरुष दृष्टि, पुरुष बनोट र पुरुष चाहना हरेक तस्वीरमा झल्किन्छ। ती तस्वीरमा मेरो यथार्थ, मेरो असलीपना र चोट भने अदृश्य बनेको हुन्छ।

१७ वर्षको उमेरदेखि नै म पलभरका लागि पनि एक्लो रहेकी छैन। मलाई कसरी फेला पार्ने भन्ने पुरुषहरु जान्दछन्। म पनि उनीहरुबाट मोहित भइरहन्छु। यस्तो लाग्छ, म तन्किएर सदाका लागि अस्तित्वमा छु। कसैको छोरी, कसैको आखेट, कसैको प्रेमिका, कसैको लोरी, कसैको जोत्ने जमिन। जतिजति म आफूलाई गुमाउँछु, उति नै बढी पुरुषलाई म आकर्षित गर्छु। म कतिसम्म भन्न सक्छु भने कसैसँग प्रेममा पर्दा आफ्नो आवाज गुमाउँदाजस्तै महसुस हुन्छ।

नुहाइसकेर ऊ बेडरुमभित्र पस्नुअघि बाथरुमको ऐनाअघि आफ्नो पाखुरा तन्काउन रोकिन्छ।

‘रमाइलो भो,’ ऊ मलाई त्यहाँबाट हिँड्ने बेला भयो भन्ने जानकारी दिँदै भन्छ। म हतारहतार कपडा लगाउँछु, ऊ मलाई ढोकासम्म छोड्न आउँछ।

‘म तिमीलाई चाँडै भेट्छु।’ ऊ मलाई मुखमा अन्तिम चुम्बन दिन्छ र पुठ्ठामा अन्तिम पटक थप्थपाउँछ। म एलेवेटरतिर जाँदैगर्दा फेरि उसले बोलाएको सुन्छु।

‘झन्डै बिर्सेको१’ ऊ मेरो मोडलिङ कार्ड देखाउँछ।

‘ओहो, धन्यवाद।’ म कार्ड लिन्छु र एलेवेटर पर्खिन्छु।

उसले आफूलाई सबैभन्दा मनपरेको भनेको फोटो निहुरेर हेर्दै गर्दा म उसले भनेका शब्द सम्झिन्छु। यौनसम्पर्क लगत्तै कुकुरले घाँस उम्रेको जमिनको टुक्रालाई आफ्नो दाबी गरेझैँ उसले घोषणा गरेको थियो, ‘तिमी मेरी हौ।’

मैले मुन्टो हल्लाउँदै सहमति जनाएकी थिएँ, ‘म तिम्रै हुँ।’

एलेवेटर आइपुग्छ। म बाटो लाग्छु।

यसमा म २७ वर्षकी छु। मेरो एनोरेक्सिया सबैभन्दा खराब अवस्थामा छ। यसले मेरो जीवनका उथलपुथलको अवस्था राम्ररी देखाउँछ। अभिनय र मोडलिङका अलावा म लेखन र संगीत निर्माणमा पनि लागेकी छु। यो तस्वीर एक म्युजिक भिडियो सुटिङका बेला लिइएको हो।

अरु सबै तस्वीरमा म मुस्कुराइरहेकी छु, हाँसेको वा मनमोहिनी बनेको ढोङ गरिरहेकी छु। तर यो चाहिँ अभ्यास र प्रस्तुतिबीचको क्षणमा लिइएको हो। यसमा सायद तिमी मायालु युवती देख्छौ। म भने एक ुएक्सपोजु आइमाईलाई देख्छु, जो आफ्नो लोग्नेको छायाँमा डुब्दै गइरहेकी छे।

हाम्रो प्रेम पाशविक थियो। वासनाबाट तीव्र गतिमा सल्किएको हाम्रो प्रेमको अवतरण पनि उत्तिकै तीव्र गतिमा भयो।

उसले आफूलाई सबैभन्दा मनपरेको भनेको फोटो निहुरेर हेर्दै गर्दा म उसले भनेका शब्द सम्झिन्छु। यौनसम्पर्क लगत्तै कुकुरले घाँस उम्रेको जमिनको टुक्रालाई आफ्नो दाबी गरेझैँ उसले घोषणा गरेको थियो, ‘तिमी मेरी हौ ।’

तिनलाई ऊ ‘सौता’ भन्छ। ऊ भन्छ, ‘बेबी यो मैले तिम्रै भलोका लागि गरेको हुँ। यसो गर्दा मलाई खुसी पार्ने पूरा दबाब तिमीलाई मात्रै पर्दैन।’

ऊ साँच्चै अर्की महिलासँगको सम्बन्धमा छ वा मलाई यत्तिकै त्यसो भनिरहेको छ, म भन्न सक्दिनँ। सायद ऊ मलाई जलाउन त्यसो भनिरहेको छ। सत्य जे भए पनि हाम्रो घरमा अर्की महिला प्रवेश गरिसकेकी छ, जसले हरेक स्वासमा मलाई तर्साइरहेकी छ।

हामी जंगलको बीचमा आधा जलेको गोठमा बसेका छौँ। हामी सभ्याताबाट निकै अलग छौँ, त्यसैले हाम्रो फोन उठ्दैन। अन्य महिलामा रुचीबाहेक उसमा अचानक क्रोधको ज्वाला पनि दन्किन्छ। हरेक पटक उसले काल्पनिक विजयको गुड्डी हाँकिरहँदा म आफूलाई चिच्याउन, कराउन र तर्क गर्नबाट रोकिराख्छु। म उसको माया गुमाउन वा उसलाई रिस उठाउन चाहन्नँ। खासगरी परपरसम्म कुनै अर्को मान्छे पनि नभएको यो निर्जन स्थानमा। म ऊ गर्जेको, आफूले प्रेम गरेको मान्छे यौनसाथीमा मात्र घटिरहेको हेरिरहन्छु। म एक अभिनेत्रीको रुपमा र लोग्नेमान्छेको संसारलाई प्रिय बनाउन तालिम दिइएकी एक केटीका रुपमा उसलाई शान्त पार्न जाने जति उपाय प्रयोग गर्छु।

उसले मलाई कहिल्यै हिर्काएन। ऊप्रतिको मायाले पनि मलाई भरोसा दिन्छ, मुखले चाहिँदो धावा बोले पनि उसले ममाथि हात उठाउने छैन। हरेक रात हामी एकअर्काभन्दा परपर भएर सुत्छौँ, मानौँ एकअर्काको निकटताबाट हाम्रो शरीरको छाला उप्किन थाल्छ। बरु उसले मलाई साँच्चै पिटोस् भन्ने चाहना राख्दै एकपछि अर्को रात म जागै पल्टिरहन्छु। उसले पिटेदेखि मसँग उसलाई छोड्ने कुनै ठोस बहाना हुने थियो, पीडाको प्रमाण हुने थियो। भावनात्मक युद्धको मुख्य गुण के हो भने यसले भौतिक दुर्व्यवहारभन्दा कैयौँ गुणा बढी छल र सहजताका साथ घाइते बनाउन सक्छ। जसले यस्तो पीडालाई स्वीकार्न, पचाउन, औचित्यपूर्ण ठान्न र माफी दिन सजिलो पार्दछ।

ऊ त्यो गोठलाई पारिवारिक आवासका रुपमा बदल्न काम गरिरहेको छ। गोठको पछाडि हाम्रो ठूलो डसना पल्टिरहेको छ। डसना वरिपरि हिटर र इँटाको खात छ। छानाबाट तारमा नग्न बल्व झुण्डिएरहेका छन्। ऊ र म दुवै ती बल्वलाई छलेर हिँड्न जान्दछौँ। ती बल्वले छोए मात्रै छाला जलाउने निश्चित छ।

अभिनय र फोटोसुटबाट प्राप्त मेरो कमाइ अझ बढाउन म अरुको बच्चाको हेरचाह गर्छु। हरेक साता उसको खल्तीमा मेरो कमाइ जम्मा गरेर म आफ्नो कर्तव्य पूरा गर्छु। आफ्नो पैसा उसलाई दिने बेलामा म भोक, जाडो वा थकानका कारण त्यसबारे गहिरिएर सोच्न नसक्ने भइसकेकी हुन्छु। यद्यपि उसले कराएको सुनेर म कहिलेकाहीँ चकित पर्छु, मेरो आवाज कहाँ छरु यो कसरी मेरो जीवन भयोरु म कसरी यस्ती आइमाई बनेँरु

अन्ततः एक रात उसको पारा हेरेर मैले उसलाई सन्तुष्ट बनाउन नसकेका कुराहरुको सूची तयार गरेपछि ख्याल आयोः मैले आफूलाई खतराहरुबाट घेरिसकेको छु, किनभने यी सबै कुरा परिचित लाग्छन्।

अचानक सबैथोक स्पष्ट भयो। बाक्लो कुहिरो हट्यो र मेरो कथा देखियो। अलगअलग टुक्रा प्रतीत हुने चीजहरु अब स्पष्ट देखिनेगरी जोडिए। एकपछि अर्को चोटका माध्यमले आफ्नो आवाज दबाएपछि म यस्ती आइमाई बनेकी थिएँ। केटी भएर जन्मेकै कारण मैले यो दुनियाँको कोर्रा खाएकी थिएँ। केटी भएकै कारण म सजाय र अपमानको लायक छु भनेर मैले विश्वास गरेकी थिएँ। केटी भएकै कारण यी सारा कुरालाई मैले स्वीकार गरेकी थिएँ।

मैले उसलाई छोड्न जरुरी थियो। हामीले घर भन्ने गरेको चिहान, आफ्नो जीवन भनेर मैले स्वीकारेको संकीर्ण जीवन छोड्न जरुरी थियो। उसको अहम्ले सानो बनाएको। मैले काम गर्ने उद्योगहरुले खुम्च्याएको। उसको प्रेम जिउँदो राख्न चाहने केटीले सानो बनाएको यो जीवन छोड्न जरुरी थियो।

अहिले म ३४ वर्षकी भएँ। मैले उसलाई छोडेँ। मैले आफू जुन केटी थिएँ, उसलाई पनि छोडेँ। मैले अभिनय र मोडलिङ छोडेँ अनि लेखकीय जीवनमा प्रवेश गरेँ। लेखकका रुपमा मैले सबैभन्दा पहिले संस्मरण लेखेँ। त्यसमा मैले आफ्नो कथा खोजेँ, कोर्राले बनाएको चोट सिलाएँ र अरुको हातबाट आफ्नो शरीरलाई मुक्त गरेँ। अब मेरो शरीर मेरो बन्यो, मेरो आवाज फिर्ता भयो।

म अभिनय र मोडलिङ छोडेर लेखक बन्ने समाचारले विरोधको सामना गर्नुपर्‍यो। करिबकरिब प्रत्येक साथी र आफन्तबाट अविश्वास, चिन्ता, घृणा, तिरस्कारदेखि लिएर हाँसोसम्म मैले पाएँ। मैले नमागेका ती प्रत्येक सल्लाह हामी महिलाहरुले राम्ररी थाहा पाइसकेको वाक्यांशबाट सुरु हुन्थेः ‘म तिमीलाई मन पराउँछु तर…’

यस्तै विरोध र मेरो जिद्दी कायम छ। लेखकका अलावा म अहिले एक वक्ता पनि हुँ। म आफ्नै आवाज मात्र बोल्छु। आजभोलि मेरो करिअर यस्तै छ। महिलाहरुभित्र रहेको लचिलोपनबारे म बोल्छु। संसारले दिने चोट निको पार्ने र त्यसबाट माथि उठ्ने तरिकाबारे म बोल्छु। आफ्नो कथ्यलाई अरुको हातबाट खोसेर पुनः आफ्नो बनाउने हाम्रो अधिकारको कुरा गर्छु। र हामी सबै आफ्नो जीवन आफैँ लेख्न सक्षम छौँ भनेर बोल्छु।

किशोरी वा युवती हुँदाताका म अभिनेत्री र मोडल बन्न चाहन्छु भनेर सुनाउँदा ‘ठीकै हो’ भनेर मुस्कानका साथ स्वीकार गरिन्थ्यो। त्यसको विपरीत लेखक हुन्छु भन्दा कसैले स्वीकार्दैन। पेसागत वा व्यक्तिगत रुपमा महिलाले आफ्नो सत्य आफैँ रचना गर्ने वा त्यसलाई प्रकट गर्ने अवधारणालाई मान्न उनीहरुलाई मुस्किल पर्छ। महिलाको यस्तो दुस्साहसी सपना देख्ने, निश्चित परम्पराभन्दा पर जान आँट गर्ने वा सम्भावनालाई यथार्थमा बदल्ने कुराले धेरै ओटा मुटुमा अव्यक्त डर पैदा गर्नेछ।

म छक्क पर्छु, यसरी अरुलाई विरोधका लागि उकास्नमा के मेरो कुनै खास रुपको भूमिका छरु सायद मजस्तो कुनै समयकी शान्त, आज्ञाकारी, आदरपूर्ण र सुन्दर महिलाले समेत शारीरिक सुन्दरतालाई आफ्नो योग्यता र धनको रुपमा प्रयोग नगर्ने निर्णय गरेको कुरा पचाउन मुस्किल छ। अझ त्यसको सट्टा मेरो अन्तर्निहित र प्रामाणिक शक्तिको रुपमा रहेको आफ्नो दिमाग र आवाजको सहारामा जीवनमा सफलता खोज्नु र प्राप्त गर्नु घृणित र निन्दाजनक छ। यदि सम्पूर्ण युवती र महिलाहरुले यस्तै विद्रोह गर्ने हो भने पितृसत्ता ढल्नेछ।

यस्तै विरोध र मेरो जिद्दी कायम छ। लेखकका अलावा म अहिले एक वक्ता पनि हुँ। म आफ्नै आवाज मात्र बोल्छु। आजभोलि मेरो करिअर यस्तै छ। महिलाहरुभित्र रहेको लचिलोपनबारे म बोल्छु। संसारले दिने चोट निको पार्ने र त्यसबाट माथि उठ्ने तरिकाबारे म बोल्छु। आफ्नो कथ्यलाई अरुको हातबाट खोसेर पुनः आफ्नो बनाउने हाम्रो अधिकारको कुरा गर्छु। र हामी सबै आफ्नो जीवन आफैँ लेख्न सक्षम छौँ भनेर बोल्छु।

एक अभिनेत्रीका रुपमा मैले लिएको तालिम र जीवनमा मैले लिएका अनुभवहरुको संयोगले मलाई यो नयाँ जीवनका लागि पूर्ण रुपमा तयार गरेको छ। यद्यपि अहिले म अरुले लेखेका शब्दहरु बोल्दिनँ।

म जस्ती केटी थिएँ, त्यसलाई सँगालेर बाक्साभित्रै म पुनः थन्क्याउँछु। विगत वर्षका कष्टहरुलाई अहिले कृतज्ञताले विस्थापित गरिसकेको छ। किनभने ती सबैले मलाई यहाँसम्म ल्याइपुर्‍याए। र म गर्व गर्छु किनभने मैले हरेक कुरालाई कवितामा बदलेको छु। म उठ्छु।

हेर्नुहोस् माेडल रिमा जमानका केही तस्विरहरु-

 

 

एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!