फेरि घट्यो सुनको मूल्य !

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य दुई सयले घटेको छ ।

शुक्रबार सुनको मूल्य ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार घटेर सुनको मूल्य ५९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, बजारमा चाँदीको मूल्य भने स्थिर नै रहेको छ ।

साताको अन्तिम दिनझैं आइतबार पनि बजारमा चाँदीको मूल्य ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!