डोटीमा जिप दुर्घटना, घाइते भएकामध्ये थप दुई जनाको मृत्यु

डोटी, बैशाख ९ । डोटी शिखर नगरपालिका–३ मा शनिबार भएको जिप दुर्घटनामा घाइते भएकामध्ये थप दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिखर नगरपालिका–३ जोरागाउँकी ३५ बर्षिया झाकरी भुल र सोही ठाउँकी २८ बर्षिया धौली भुल रहेको जिल्ला प्रहरी कार्यालय दिपायलका प्रवक्ता डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

धौलीको सेती अञ्चल अस्पतालमा र झाकरीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । योसँगै दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

डोटीको कालागाढबाट मुडभरातर्फ जाँदै गरेको ग. १ ज ५२७५ नम्बरको जिप शिखरनगरपालीको ३ छाईपानीमा हिजो दुर्घटना भएको थियो । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!