क्लार्क अवार्ड २०१८ नेपाली मूलका पाठकलाई

काठमाडौं, वैशाख ९ । क्लार्क अवार्ड २०१८ नेपाली मूलका अमेरिकी अर्थशास्त्री पराग पाठकलाई प्रदान गरिने भएको छ । नोबेल पुरस्कारपछिको दोस्रो ठूलो मानिने अवार्ड अर्थशास्त्रको अध्ययन तथा अनुसन्धानमा विशिष्ट योगदान पुर्याएबापत पाठकलाई प्रदान गर्न लागिएको हो ।

४० वर्षभन्दा कम उमेर समूहका युवा अर्थशास्त्रीलाई प्रदान गरिने सो अवार्ड प्राप्त गर्ने पाठक नेपाली मूलका पहिलो अर्थशास्त्रीसमेत हुन् ।

अर्थशास्त्र तथा प्रविधि क्षेत्रमा विश्वभर लोकप्रिय रहेको म्यासाच्युसेटस इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी)मा प्राध्यापक रहेका ३७ वर्षे उनले गरेका अध्ययनले सार्वजनिक विद्यालयका शिक्षा प्रणाली सुधार गर्न महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख छ ।

सन् १९८० मा जन्मिएका ३७ वर्षीय पाठक बुबाआमा काठमाडौंबाट अमेरिकाको न्यूयोर्क शहर सरेपछि त्यही बाल्यकाल बिताए थिए । उनले हावर्ड विश्वविद्यालयबाट एप्लाईड म्याथम्याटिक्स विषयमा स्नातक र स्नातकोत्तर समेत गरेका छन् । ‘द पाउल एन्ड डेजी सोरोस फेलोसिप फर न्यू अमेरिकन’ नामक छात्रवृत्ति पाएर सन् २००७ मा उनले व्यवसायिक अर्थशास्त्र विषयमा विद्यावारिधी गरे । सन् २००२ देखि सन् २००३ सम्म उनले अमेरिकाकै युनिभर्सिटी अफ टलजमा भिजिटिङ फेलाको रुपमा सेवा गरेका थिए । त्यहाँ नोबेल पुरस्कार विजेता जिन टिरोलसँग पनि उनले अर्थशास्त्र विषयको अध्ययन गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!