आइपिएल : सन्दीप लामीछानेले अवशर पाएनन, दिल्लीले फेरी हार्याे

काठमाडौं, वैशाख ९ । विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोरले जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको ११ औँ संस्करणमा दोस्रो जित दर्ता गरेको छ ।

लिग अन्तर्गत शनिबार बेलुका घरेलु मैदानमा भएको खेलमा दिल्ली डियर डेभिल्समाथि बैंग्लोरले ६ विकेको जित दर्ता गरेको हो ।

दिल्लीले प्रस्तुत गरेको १७५ रनको लक्ष्य बैंग्लोरले १८ ओभरमा मात्रै चार विकेटको क्षतिमा भेट्टायो । बैंग्लोरको जितमा एबी डी भिल्लियर्स नायक बने ।

उनले हारको संघारमा पुगेको टिमको बागडोर सम्हाले । उनले मात्रै ३९ बलमा १० चौका र पाँच छक्काको सहयोगमा नटआउट ९० रन बनाए ।

यस्तै कप्तान विराट कोहलीले २६ बलमा ३०, क्विन्टन डी ककले १६ बलमा १८, मन्दीप सिंहले ९ बलमा नटआउट १७ तथा कोरी एण्डरसनले १३ बलमा १५ रन बनाए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको दिल्लीले पाँच विकेटको क्षतिमा १७४ रन बनायो । उसका लागि ऋशव पन्तले ४८ बलमा ८५ तथा श्रेयस आय्यरले ३१ बलमा ५२ रन बनाए पनि हार टार्न सकेनन् ।

यो खेलमा पनि दिल्लीका सन्दीप लामिछानेले खेल्न पाएनन् । पाँच खेलमा दोस्रो जित दर्ता गरेको बैंग्लोर चार अंकसहित पाँचौँ स्थानमा छ । दुई अंक मात्रै जोडेको दिल्ली पुछारमा छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!