ओली र दाहालबीच दुई घन्टा वार्ता

काठमाडौं, वैशाख ९ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकीकरणलाई निष्कर्षमा पुर्‍याउने विषयमा दुवै पार्टीका अध्यक्षबीच शनिबार पनि वार्ता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा दुई घन्टासम्म चलेको वार्तामा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच गम्भीर छलफल भएको हो ।

पार्टी एकीकरणका विषयमा भएको दुवै अध्यक्षबीच सकारात्मक छलफल भएको माओवादी केन्द्रका अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

उनकाअनुसार पार्टी एकताको विषय सकारात्मकरुपमा अगाडि बढेको छ ।

पार्टी एकीकरणका विषयलाई अन्तिमरुप दिन दुवै अध्यक्ष गम्भीरतापूर्वक लागेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!