‘नेकपाले कतै पनि सैन्य वेशक्याम्प बनाएको छैन’

काठमाडौं, वैशाख ८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशका कुनै पनि स्थानमा आफ्नो सैन्य बेश क्याम्प नरहको स्पष्ट पारेको छ ।

पार्टीका पूर्वी कमाण्ड इन्चार्ज विरहीले आफ्नो पार्टी देशब्यापी रुपमा राजनैतिक जनजागरण र संगठन सुदृढिकरणमा लागेको तर कुनै सैन्य गतिविधि नगरेको बताएका छन् ।

केही अनलाइनमा प्रहरीको हवाला दिंदै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सिन्धुलीको हरिहरपुरगढी गाँउपालिमा सैन्य बेशक्याम्प संचालन गरेको भन्ने समाचार प्रकाशन गरेका थिए ।

नेता विरहीले आफ्नो पार्टी विभिन्न जनवर्गीय संगठनका भेला सम्मेलनमा लागिरहेको तर कुनै सैन्य गतिविधिमा नलागेको बताएका छन् ।

यस्तै नेकपाका जनकपुर ब्युरो सदस्य राजु कार्कीले आफ्नो पार्टीले सामुहिक समाजघर बनाउने योजना बनाएको तर कुनै सैन्य गतिविधि नगरेको स्पस्ट पारेका छन् ।

उनले बिनाकारण पक्राउ गरिएका आफ्ना नेता कार्यकर्ताहरुलाई झुठ्ठा मुद्दामा फसाउनको लागि हातहतियारसहित विप्लवका कार्यकर्ता पक्राउ गरेको भन्ने प्रचार गरेको आरोप लगाए ।

साथै, उनले आफनो पार्टीका राजन र पूर्णबहादुर भुजेललाई प्रहरीले पक्राउ गरेको जानकारी दिएका छन् । उनीहरु दुवै जनालाई बाटोमा हिडिरहेको बेला सर्लाहीको बागमति नपा वडा नं १ बाट शुक्रबार प्रहरीले पक्राउ गरेको थियो ।

राजन नेकपाका सर्लाही सेक्रेटरी हुन् भने भुजेल विद्यार्थी हुन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!