मोदीलाई ठूलो झट्का, बीजेपीका वरिष्ठ नेता सिन्हाद्वारा पार्टी परित्याग

पटना, वैशाख ८ । भारतीय जनता पार्टीका वरिष्ठ नेता एवं पूर्व अर्थमन्त्री यशवंत सिन्हाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

पार्टी परित्याग गरेको घोषणा गर्दै सिन्हाले ले भने, ‘मैले बीजेपीसँगको सबै सम्बन्ध समाप्त गरेको छ । आजबाट म कुनै पनि किसिमबाट पार्टी राजनीतिबाट संन्यास लिन्दै छु ।

सिन्हाले शनिबार गृहनगर पटनामा राजनीतिबाट संन्यास लिएको जानकारी गराउदै यतिबेला लोकतन्त्र खतरामा रहेको दाबी गरे । उनले भने, ‘मैले राजनीतिबाट त संन्यास लिदै छु तर आज पनि मन भने देशका लागि तड्पिन्छ ।

यशवंत सिन्हाका छोरा जयन्त सिन्हा अहिले पनि मोदी सरकारमा मन्त्री छन् ।

उनले भने, ‘आज जे भइरहेको छ त्यसका विरुद्ध हामी उभियनौं भने भोलिको पिढीले हामीलाई क्षमा दिने छैनन् । नोटबन्दीदेखि जीएसटी कानून लागू गर्ने मोदी सरकारको नीतिका विरुद्धमा सिन्हाले तिखो आलोचना गर्दै आइरहेका थिए ।

सिन्हाले ३० जनवरीमा राष्ट्रमंच नाममा एउटा संगठन गठन गरेका छन् । संगठन स्थापना गर्दै उनले भनेका थिए, ‘यो संगठन गैर राजनीतिक हुनेछ र केन्द्र सरकारका जनविरोधी नीतिको व्यापक रुपमा भण्डाफोर गर्ने छ ।

शनिवार विभिन्न दलका थुप्रै नेताहरुसँगको छलफलपछि मात्रै सिन्हाले पार्टी परित्यागको घोषणा गरेको बातइएको छ ।

सिन्हा १९९८ मा पहिलो पटक लोकसभाको सांसदमा निर्वाचित भएका थिए । र पछि अटलबिहारी वाजपेयी सरकारको वित्तमन्त्री बनेका थिए । त्यो भन्दा पहिला सिन्हा तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरको १९९० देखि १९९१ करीब एक वर्षसम्म चलेको सरकारमा पनि वित्तमन्त्री थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!