दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा नेपाललार्इ पहिलो स्वर्ण पदक

काठमाडौं, वैशाख ८ । राजधानीमा जारी आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा रविन श्रेष्ठले नेपाललार्इ पहिलो स्वर्ण दिलाएका छन्।

उद्घाटन खेलमा शनिबार उनले १०० केजी मुनिको स्पर्धामा नेपाललार्इ स्वर्ण दिलाएका हुन्। श्रेष्ठले नेपालका सुर्यमान लामा, श्रीलंकाका बन्दुला बजाला र बंगलादेशका मोहम्मद अब्दुल कलाम आजादलार्इ पराजित गर्दै स्वर्ण जितेका हुन्।

यस्तै शनिबार नै ४८ केजी मुनिको तौलसमूहमा भारतकी सुशीला देवी लिकमाबमले महिला तर्फको स्वर्ण जितेकी छिन्। उनले पाकिस्तानकी हुमारिया आशिकलार्इ पराजित गर्दै स्वर्ण हात पारेकी हुन्।

पुरुष तर्फको ९० केजी मुनिको तौल समूहमा भने नेपालका श्रीराम मकाजुलार्इ पराजित गर्दै पाकिस्तानका कुसार खानले स्वर्ण जिते।

यस्तै आजै भएको ५२ केजी महिला तर्फको स्पर्धामा भारतकी कल्पना देवीले स्वर्ण जितिन्। उनले पाकिस्तानकी मार्यामलार्इ पराजित गरिन।

प्रतियोगितामा नेपालका २ तथा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र भुटानका १–१ गरि ७ समूहको सहभागिता रहको छ। तीनदिने प्रतियोगितामा नेपालबाट १८ महिला र १८ पुरुष खेलाडीले भाग लिँदै छन्।

महिलातर्फ ७ र पुरुषतर्फ ७ तौल समूहमा प्रतिस्पर्धा हुदैछ। नेपालबाहेक प्रतियोगितामा भारतबाट १४, पाकिस्तानबाट १७, श्रीलंकाबाट १४, बंगलादेशबाट १६ र भुटानबाट ५ खेलाडीले सहभागिता जनाउँदै छन्। प्रतियोगितामा एकलतर्फ ७–७ स्वर्ण र टिम इभेन्टतर्फ १–१ स्वर्णका लागि प्रतिस्पर्धा हुँदै छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!