अपडेट: जीप दुर्घटनामा ४ जनाको मृत्यु, १६ घाइते

दिपायल, वैशाख ८ । डोटी जिल्लाको नपुरालामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । भने अन्य ज्१६ जना घाइते भएका बताइएको छ ।

शिखर नरपालिकाको आलीबाट जोरागाउँ जार्दै गरेको से १ ज ५२७५ नम्बरको जीप नपुराला भन्ने स्थानमा दुर्घटना भएको छ । चार जनाकाे घटनास्थलमै मृत्यु भएको छ ।

घटनामा परि मृत्यु हुनेमा शिखर नगरपालिका–३, जोरागाउँका १४ वर्षीय सुरेश भुल, ४० वर्षीया खिन्तुरी भुल र ३२ वर्षीया कटी सार्की रहेका छन् । मृतक एकजनाको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा परेर अरु १६ जनाभन्दा बढी घाइते छन् ।

घाइतेहरुको सुजुङ सामुदायिक अस्पताल, राजपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता डीएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

स्थानीयकाअनुसार जिप सडकबाट करीब ५० मिटर तल खसेको छ । घटनास्थल डोटी सदरमुकामबाट करिब २५ किलोमिटर टाढा पर्छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!