विदेशबाट फर्के लगत्तै मोदीले गरे कठोर निर्णय, नाबालिक बलात्कारमा फाँसीको सजाय, १० महिनामा सजाय दिईसक्नु पर्ने

नयाँदिल्ली, वैशाख ८ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विदेश भ्रमणबाट फर्किए लगत्तै बसेको मन्त्रिपरिषद बैठकले १२ वर्षमुनिका बालिका बलात्कारको घटनामा दोषीलाई मृत्युदण्ड दिने निर्णय गरेको छ ।

शनिबार करीब तीन घण्टासम्म चलेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो सँग नाबालिग बलात्कारको घटनामा दोषीलाई अब मृत्युदण्ड हुने छ ।

मन्त्रिपरिषद बैठकमा ‘प्रोटेक्शन अफ चिल्ड्रेन फ्रम सेक्सुअल अफेन्स’ (पाक्सो) एक्टलाई संशोधन गर्दै १२ वर्ष भन्दा कम उमेरका बालिका बलात्कार घटनामा दोषी उपर मृत्युदण्डको सजाय प्रस्ताव गरिएको थियो । उक्त प्रस्तावलाई मन्त्रिपरिषद बैठकले पारित गरेको हो ।

यसअधि भारतमा यस्तो कानून थिएन । शनिबार प्रधानमन्त्री निवासमा भएको बैठकमा यस्तो निर्णय भएको हो । पछिल्लो समय कठुआ र उन्‍नावसहित देशका विभिन्न स्थानमा भएका बलात्कारका घटनाप्रति भारतीय केन्द्र सरकारकी महिला र बाल विकास मन्त्री मेनका गांधीले चिन्ता व्यक्त गरेकी थिइन ।

यस्ता खालका घटना नियन्त्रणका लागि मन्त्रालयले मन्त्रिपरिषदमा पाक्सो एक्टमा संशोधन गर्न प्रस्ताव गरेको थियो । यसअघि उक्त कानूनमा बलात्कारजन्य घटनाका दोषीलाई मृत्युदण्डको सजाय थिएन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!