४ महिनाकी शिशूको बलात्कारपछि हत्या

इन्दौर, वैशाख ८ । भारत मध्यप्रदेश इन्दौरको जिल्लाको राजबाडामा शुक्रबार विहान चार महिनाकी एक शिशू बलात्कारको शिकार भइन ।

शुक्रवार सबेरै आमाबुवाको बीचमा सुतिरहेकी चार महिनाकी शिशूलाई २५ वर्षको एक युवकले उठाएर श्रीनाथ प्यालेस बिल्डिङगको भूईतलामा लगेर १५ मिनेटसम्म बलात्कार गरपछि हत्या गरेको बताइएको छ ।

घटनास्थल प्रहरी चौकीबाट २०० कदम नजिकै भएपनि यसबारेमा भने प्रहरी बेखबर रह्यो । घटना घेटको ८ घण्टापछि मात्रै उजूरी दर्ता गर्यो । प्रहरीको व्यवहारको स्थानीय वासीले कडा विरोध गरेका छन् ।

आमाले शिशू हराए लगत्तै प्रहरीमा जानकारी गराए पनि दिउँसो मात्रै प्रहरीले घटनाबारे उजुरी दर्ता गराएको र अनुसन्धान थालेको बातइएको छ ।

बलात्कार गर्ने शिशुको आमाको सानीआमाको पती हो र उसलाई श्रीमतिले छोडेर गइसकेको बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार शिशूकी आमासँग उक्त युवकले बिहीबार राती झगडासमेत गरको जनाएका छन् ।

बिहीबार प्रहरीले उसलाई सामान्य चेतवनी दिएर छोडिदिएको थियो । यदि प्रहरीले उसलाई बिहीबार नछोडेको भए संभवत शुक्रबार उक्त घटना हुदैन थियो । प्रहरीले उक्त ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!