उत्तरकोरियाद्वारा सबै प्रकारका परमाणु कार्यक्रम बन्द

काठमाडौं, वैशाख ८ । उत्तरकोरियाले परमाणु र लामो दूरीको मिसाइल परीक्षण कार्यक्रम बन्द गर्ने भएको छ । साथै परमाणु परीक्षण केन्द्र पनि बन्द गर्ने योजना भएको बताइएको छ ।

उत्तरकोरियाको सत्ताधारी पार्टीको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । उत्तरकोरियाको प्रमुख न्यूज एजेन्सीका अनुसार किम जोंग–उन ले भने, ‘अब हामीलाई अरु परमाणु परीक्षण गर्नु पर्ने आवश्यकता छैन । हाम्रो न्यूक्लियर परीक्षण केन्द्रको लक्ष्य पूरा भइसकेको छ ।’

केही समयपहि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कोरियाली नेता किमबीच पहिलो पटक शिखर वार्ता हुँदै छ । सो वार्तामा परमाणु परीक्षणलगायतका विषयमा दुई नेतावीच छलफल हुने बताइएको छ ।

अमेरिकाको नेतृत्वमा पश्चिमा देशले उत्तरको परमाणु कार्यक्रमलाई लिएर लामो समयदेखि नाकाबन्दी लगाउदै आएका छन् ।

दुई नेताका शिखर वार्ताका लागि उच्च अधिकारीहरुले सम्भावित पाँच स्थानका बारेमा अनुसन्धान गरिरहेको बताइएको छ ।

कोरियाली नेता किमले ट्रम्पसँगको वार्ता लगायत विषयमा आफ्नो सबैभन्दा नजिकको मित्र चीनका राष्ट्रपति सी जिनपिङसँग अघिल्लो महिना बेइजिङमा गहन छलफल गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!