सेक्स जीवनको रहस्य खोल्छ तपाईको सुत्ने तरिकाले

तपाईलाई थाहा छ ? सुत्ने तरिकाबाट तपाईको जीवन साथीसँग सम्बन्ध कस्तो छ भन्ने कुरा थाहा पाउन सकिन्छ भन्ने । अनलाइन समूहको मैट्रेस अडभाइजरले यस सम्बन्धमा एउटा अनुसन्धान गर्यो । जुनमा व्यक्तिको सुत्ने तरीका र उसको सम्बन्धका बारेमा जान्ने प्रयास गरियो । अनुसन्धानमा १८ देखि ७३ वर्ष बीचका एक हजार व्यक्तिहरुसँग गरिएका थियो । अनुसन्धानबाट पत्ता लागेको तथ्य अनौठो र निकै रोचक रहेको छ ।

कुन आसनमा धेरै सेक्स
सुत्ने तरिकाले तपाईको शरीरका सबै भागमा असर पर्छ भन्ने कुरामा कुनै शंका छैन । तर अनुसन्धानका क्रममा जव प्रतियोगीलाई कुन आसनमा धेरै सेक्स गर्नु हुन्छ भनेर सोधियो । यसबाट सबै अचम्भीत भए ।


एकले अर्कालाई हेरेर सुत्ने
जुन जोडीले एक अर्काको अनुहार हेरेर सुत्छन् तिनीहरुको सेक्सलाई सबैभन्दा रोमाञ्चित हुन पाइएको छ । त्यसैगरी जुन जोडीले एकअर्कालाई अंकमाल गरेर सुत्छन् तिनीहरुको सेक्स अवधी सबै भन्दा बढी रहने पत्ता लागेको छ । यधपी यो कुनै अनौठो कुरा होइन । एकअर्कालाई हेरेर सुत्नु प्याशनेट पोजिशन हो । यस क्रममा जति वेला दम्पत्ति नजिकिन्छन् उक्त उक्त समयमा सधै आँखा जुधि हाल्छ ।

पछाडिबाट अंकमाल गर्नु
यो एउटा पुरानो आसन हो । जुन यौन आसनको दोस्रो नम्बरमा आउँछ । सुत्ने यो आसनको एउटा राम्रो पक्ष के भने एकअर्काकालाई कसिलो अंकमाल गर्दै जोडीहरु गहिरो निद्रामा पर्दछन् । साथै यो आसनमा सुत्दा सेक्सका लागि पनि सहज हुन्छ ।


अंगालोमा सुत्नु
यो त्यो आसन हो जसमा पुरुषले अंगालोमा महिलालाई राख्छ । महिलाले पुरुषको छातीमा टाउको राखेर तकिया जस्तो बनाए आरामदायक तरिकाबाट सोत्छन् । यो आसनको विशेषता भनेको जोडीले एकअर्काको दिलको धडकन सुन्न सक्छन् । यो आसनमा सुतने जोडीले सबैभन्दा रोमान्टिक तरिकाले माया साट्ने अनुसन्धानले बताएको छ ।

साइडबाट अंकमाल मारेर सुत्ने
के तपाई कहिले साथीसँग यसरी टाँसिएर सुत्नु भएको छ ? जसरी कोवाला रुखमा टाँसिएर बसेको हुन्छ । यसलाई साइड हग पनि भनिन्छ । धेरै जसो मानिसहरु यस्तो गर्छन् । साथीसँग यसरी चप्क्क टाँसिएर सुत्न कुरालाई कसले इन्कार गर्न सक्छ र । हुन सक्छ तपाईको यो आसनमा सुत्ने तरिका अरुका लागि तुलनात्मक रुपमा रोमान्टिक नलाग्न सक्छ । तर तपाईको साथीलाई नयाँ कुनै अनुभव गर्न मन लाग्यो भने यो आसन प्रयोग गर्न सक्नु हुन्छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!