पदाधिकारी मनोनयन गर्ने काँग्रेस सभापति देउवाको तयारी

काठमाडौं, बैशाख ८ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक भोलि बस्ने भएको छ । अधिकांश केन्द्रीय सदस्य उपत्यका बाहिर रहेका कारण हिजो बोलाइएको बैठक स्थगित भएको थियो ।

चैत सात गतेबाट सुरु भएको केन्द्रीय समिति बैठक नेता खुमबहादुर खड्काको निधनपछि स्थगित गरिएको थियो । केही केन्द्रीय सदस्यहरुले अझै बोल्न बाँकी रहेको काँग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ । यो बैठकमा सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयन गर्ने तयारी समेत गर्नुभएको छ ।

यद्धपि संस्थापनइतर समूहले भने पदाधिकारी मनोनयन भन्दा महासमिति बैठक बोलाउन दबाब दिंदै आएका छन् । सभापति निकट स्रोतका अनुसार महासमिति बैठकको मिति समेत केन्द्रीय समिति बैठकले तोक्न सक्ने छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!