बिरेन्द्र राजाको नाम बेचेर स्विजरल्याण्डमा ‘वीरेन्द्र बियर’ बन्दै

काठमाडौं । नेपालीका लोकप्रिय राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवको नामलाई ‘वीरेन्द्र बियर’ ब्राण्ड बनाएर एउटा स्विजरल्याण्डको कम्पनीले बेचिरहेको छ ।

बियरको लेबलमा बियर हातमा लिएर मुस्कुराउँदै गरेका राजा वीरेन्द्रको फोटोसमेत छ। पृष्ठभूमिमा पाँच तले मन्दिर पनि देखिन्छ।

Turbinenbräu नामको स्विजरल्याण्डकाे  कम्पनीले उत्पादन गरिरहेको यो बियरलाई स्पाइस्ड/हर्ब्ड स्टाइलको बियरको श्रेणीमा राखिएको छ। यसको एउटा बोतलको मूल्य १.८५ स्विस फ्र्याङ्क हो।

तर अर्काे https://www.intercomestibles.ch नामक वेबसार्इटका अनुसार CHF 44.40 मुल्य पर्न अाउँछ यसकाे नेपाली भनेकाे ४ हजार ८ सय २७ रूपैंया पर्न जान्छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!