धुर्मुस–सुन्तली फाउन्डेसनले गोदावरीमा क्रिकेट रंगशाला बनाउने

काठमाडौं । धुर्मुस–सुन्तली फाउन्डेसनले ललितपुरको गोदावरीमा क्रिकेट रंगशाला बनाउने निर्णय गरेको छ ।

धेरै स्थानमा क्रिकेट रंगशाला बनाउनका लागि अध्ययन र अवलोकन भए पनि फाउन्डेसनको प्राविधिक टोलीले ललितपुरको गोदावारीमै बनाउने औपचारिक प्रस्तावना खेलकूद मन्त्रालयमा पेश गरेको हो ।

विशेषज्ञसहितको धुर्मुसको टिमले देशका विभिन्न स्थानहरुमा प्रस्तावित जग्गाको अवलोकन र सरोकारवाला पक्षसँग छलफल गरेर निर्णय ललितपुरको गादावरीमा बनाउने निर्णय गरेको बताइएको छ ।

प्राविधिक टोलीले काठमाडौंको कीर्तिपुर, मूलपानी, चोभार, पोखरा, चितवन, भैरहवालगायतका स्थानहरुमा रहेका सरकारी जग्गाको स्थलगत अवलोकन गरेको थियो ।

गोदावरीस्थित १२८ रोपनी जग्गा अहिलेसम्म हेरिएकामध्ये उत्कृष्ट रहेको धुर्मुसको प्राविधिक टिमको ठहर छ । मनोरम स्थानमा रहेको हुनाले पर्यटकीय दृष्टिकोणले समेत सो स्थान उपयुक्त हुने बताइएको छ ।

प्रस्तावित जग्गा कृषि मन्त्रालयको हो । सो जग्गामा पहिला माछापालन गरिएको थियो । तर भूईंचालोपछि पोखरी सुकेकाले अहिले भने प्रयोजनविहीन छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!