बोडिङमा छोराछोरी पढाउने शिक्षकले राम्रो पढाउँछन् भनी विश्वास गर्ने कसरी : शिक्षामन्त्री

बर्दिवास, वैशाख ७ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयका शिक्षकलाई आफू कार्यरत विद्यालयमै आफ्ना छोराछोरीलाई भर्ना गर्न अनुरोध गर्नुभएको छ ।

महोत्तरी, भङ्गाहा नगरपालिका–४ थारुटोल वनरास्थित जनता आधारभूत बिद्यालयका छात्रछात्रालाई पाठ्यपुस्तक वितरणपछि सो विद्यालयका प्रधानाध्यापक कैलाश चौधरीसहित सबै शिक्षकसँग मन्त्री पोखरेलले यस्तो अनुरोध गर्नुभएको हो ।

पछिल्ला केही दशकयता सामुदायिक विद्यालयको शाख गिरेको अवस्था स्वीकार्दैत्यसलाई सुधार्ने मुख्य जिम्मेवारी शिक्षकले नै लिनुपर्ने मन्त्री पोखरेलको भनाइ थियो ।

“शिक्षकका छोराछोरी बोर्डिङ स्कूलमा पढ्ने भएपछि आम जनताले सामुदायिक बिद्यालयमा पठनपाठन हुन्छ भन्ने कसरी विश्वास गर्ने”, मन्त्री पोखरेलले भन्नुभयो, “यसले शिक्षकको मर्यादा र पेशाप्रति पनि नकारात्मक धारणा बनेको छ, यसलाई सुधार्न शिक्षकले पहिलो पहलकदमी लिनुपर्छ ।”

कमेन्ट गर्नुहोस्

error: Content is protected !!