खानेपानी जुटाउन संघर्ष गर्नुपर्ने कठिनाइबीच समृद्धि सोच्दैछौ : मन्त्री बिना

काभ्रे, वैशाख ७ । खानेपानी मन्त्री बिना मगरले अधिकांश गृहिणी महिलाले खानेपानी जुटाउन संघर्ष गर्नुपर्ने कठिनाई भोग्नु परिरहेको बेला देश र जनताले समृद्धि सोचिरहेको बताउनु भएको छ ।

काभ्रेको बेथानचोक गाउँपालिका–५ कामीडाँडामा आयोजित कपेर महांकाल खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले भन्नुभयो, ‘हामीले अनेक कठिनाईबीच आधारभुत खानेपानी जुटाउनु परेको छ भने देश र जनताको समृद्धिको चाहना पूरा गर्ने चुनौति पनि छ ।’

खानेपानी समस्या समाधानका लागि मन्त्रालयले दीर्घकालीन योजना बनाइरहेको उहाँले बताउनुभयो ।

देशैभरिका नदीको पानीलाई प्रशोधन गरेर गाउँगाउँसम्म पु¥याउने गरि योजना बनिरहेको मन्त्री मगरले बताउनुभयो । ‘देशैभरिको विस्तृत योजना बनाइरहेका छौ,’ उहाँले भन्नुभयो । खानेपानी स्वच्छ नहुदा विभिन्न रोग लाग्ने, मृत्यु हुने, आयु घट्ने लगायतका समस्या देखिनेतर्फ सबै सचेत हुनुपर्ने मन्त्री मगरले बताउनुभयो ।

पहाडी क्षेत्रमा छरिएर रहेका वस्तीका कारण खानेपानी पु¥याउन भौगोलिक कठिनाई भएपनि हरेक जनतालाई स्वच्छ खानेपानी पुर्याउन सरकार प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।

‘पहाडमा बस्ने जनता हुन् कि खोला किनारमा बस्ने जनता हुन् सबैलाई सरकारले स्वच्छ खानेपानी पु¥याउने योजना बनाउँदै छ,’ उहाँले भन्नुभयो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!