फेरि कारगार परिसरबाटै पक्राउ परे मानब बेचविखन मुद्दामा सुकबहादुर

काठमाडौं, वैशाख ७ । सर्वोच्च अदालतको आदेशले थुनामुक्त भएका नुवाकोटका सुकबहादुर तामाङ कारागार परिसरबाटै फेरि पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले ४९ वर्षीय तामाङ अदालतको फैसलाले छाडिन लाग्दा अदालतकै अर्को फैसलाका आधारमा पक्राउ परेका हुन्।

२०७१ सालमा दर्ता भएको मानव बेचबिखन मुद्दामा नुवाकोट जिल्ला अदालतले गत चैत ७ गते तामाङलाई ३७ वर्ष ६ महिना जेल सजाय, दुई लाख ४० हजार जरिवानाको फैसला सुनाएको थियो। तर त्यतिबेला सुकबहादुर मानवबेचबिखनकै अर्को मुद्धामा जेलमा थिए।

शुक्रबार न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोतम भण्डारीको इजलासले नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष तामाङको स्थायी ठेगाना र बाबुको नाम फरक–फरक देखिएको भन्दै थुनामा नराख्न आदेश गरेको हो।

२०५३ सालमा दर्ता भएको जिउ मास्ने मुद्धामा २०६८ सालमा जिल्ला अदालत नुवाकोटले सुकबहादुरलाई ६ वर्ष कैदको सजाय सुनाएबापत सीआईबीले गत वर्ष पक्राउ गरी फैसला कार्यान्वयनमा ल्याएको थियो।

तर यसविरुद्ध सुकबहादुरले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए। फैसला भएका ब्यक्ति आफू नभएको जिकिर सुकबहादुरको थियो।

अदालतले गरेको फैसलामा दोषी ठहर भएका ब्यक्तिको विभिन्न विवरण र सुकबहादुरले पेश गरेको आफ्नो विवरण फरक भएपछि सर्बोच्चले बिहीबार उनलाई छाड्न आदेश दिएको थियो।

काँकडभिट्टाको बाटो हुँदै दुई युवतीलाई भारततर्फ लैजान लाग्दा प्रहरीले उनीहरुको उद्धार गरेको थियो। ती युवतीकै जाहेरीका आधारमा सुकबहादुरविरुद्ध २१ वर्षअघि मुद्धा दर्ता भएको थियो। तर उद्धार गरिएर ल्याईएको ती युवती पछि भारतमै बेचिएको प्रहरी बताउँछन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!