फूट्यो राजपा, उपाध्यक्ष यादवको नेतृत्वमा नयाँ पार्टी गठन

काठमाडौं, वैशाख ७ । राष्ट्रिय जनता पार्टी ( राजपा) नेपाल विभाजित भएको छ । राजपाका उपाध्यक्ष अशोककुमार यादवको नेतृत्वमा पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरु राजपाबाट अलग्गिएर राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) घोषणा गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले राजपा (लोकतान्त्रिक) नामक नयाँ पार्टी घोषणा गरेका हुन् । उक्त पार्टीको महाधिवेशन नहुन्जेलसम्मको लागि ११ सदस्यीय तदर्थ समिति समेत गठन भएको उनीहरुले जानकारी गराएका छन् ।

तदर्थ समितिको संयोजकमा अशोककुमार यादव, सह–संयोजकमा रीतेश कुमार सिंह, कोषाध्यक्षमा मधुमाया यादव, महासचिवमा सुवासचन्द्र बिराजी, महासचिवमा जीवन साह, सचिवहरुमा साधना यादव र लक्की शर्मा, प्रवक्तामा दिपेन्द्र यादव, केन्द्रिय तदर्थ समिति सदस्यहरुमा धर्मराज गुप्ता, विपना आचार्य र शम्भु पण्डित रहेका छन् ।

संयोजक यादवले ०६२/६३ को मधेश आन्दोलनमा ६३ जनाले सहादत प्राप्त भएको बताउँदै भने,‘मधेश आन्दोलनमा निर्दोष मधेशी जनताले ज्यान गुमाए, तर यसको फाईदा र उपलब्धि भनेको अहिलेको राजपा नेपालका अध्यक्ष मण्डलका ६ जना र उनीहरुका परिवारलेमात्रै सुविधा लिन तल्लनी भए, संविधान संशोधनको विषयमा उनीहरुले कुनै भूमिका खेलेनन्।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!