प्रचण्ड र ओलीबीचको वार्ता सकियो, यस्तो भयो सहमति

काठमाडौ, वैशाख ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबीचको वार्ता सकिएको छ ।

करीब तीन घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच वान टु वान भएको वार्तामा पार्टी एकता संयोजन समितिले गठन गरको कार्यदलले बुझाएको एकता सम्बन्धी प्रतिवेदनमाथि छलफल केन्द्रित रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्ड र ओलीबीचको आजको वार्ता निकै सकारात्मक भएको भन्दै भोलि पनि पनि वार्तालाई निरन्तरता दिइने बताइएको छ । दुई अध्यक्षबीच गहन छलफल गरेर सम्भव भएसम्म छिटो पार्टी एकता प्रक्रियाका काम टुंगो लगाउने सहमति भएको बताइएको छ ।

यसअघि वैशाव ९ गते (पर्सी आइतबार) कम्युनिष्ट पार्टी स्थापना दिवस अथवा लेनिन जयन्तीका दिन एमाले र माओवादीबीच पार्टी एकता घोषणा गर्ने बताइएको थियो ।

तर पार्टी एकताका केही महत्वपूर्ण विषय टुंगो लगाउन बाँकी रहेकाले वैशाख ९ गते नै पार्टी एकता घोषणा हुनेमा भने आशंका बढेको छ । भने लामो समयसम्म यस विषयमा गहन छलफल समेत हुन सकिरहकेको थिएन ।

तर पछिल्लो समय दुई अध्यक्षबीच छलफलहरु निरन्तर  चलिरहेका छन् ।

एकीकृत पार्टीको नेतृत्व, अन्तरिम विधानमा जनुयुद्ध शब्द उल्लेख गर्ने र संगठनात्मक पदीय वाँडफाँड जस्ता महत्वपूर्ण विषयमा अहिलसम्म अन्तिम टुंगो लागि सकेको छैन ।

यसैबीच एमालेले स्वीकार गरको तर उल्लेख गर्न नमानेको जनयुद्धबारेमा भने एमालेका वरिष्ठ उपाध्यक्ष एवं एकताका सूत्राधार मध्येका एक वामदेव गौतमले भने सनसनी पूर्ण अभिव्यक्त दिएका छन् । गौतमले ‘माओवादीको पहिचान भनेकै जनयुद्ध हो त्यो उल्लेख नभए पार्टी एकता हुननसक्दैन’ भनेका छन् ।

बिहीबार र शुक्रबार प्रचण्ड र ओलीबीच भएका छलफल सकारात्मक भएको भनिएको छ । यदि भोलिसम्म टुंग्याउन बाँकी रहेका विषयमा सहमति जुटेमा भने वैशाख ९ गते नै पार्टी एकता घोषणा हुन सक्ने सम्भावना रहेको एक नेताले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!