क्रिकेटमा आउँदै टि-२० भन्दा पनि नयाँ फर्म्याट, अब असम्भव झैँ होला डट बल खेल्न

काठमाडौँ । विश्व खेलकुदमा लोकप्रिय खेलहरू मध्ये क्रिकेट सम्भवतः एक मात्र यस्तो खेल हो जसका कैयन संस्करण लोकप्रिय रहेका छन्, चाहे त्यो लगातार पाँच दिनसम्म खेलिने टेस्ट म्याच होस् या वान डे या ट्वेन्टी-ट्वेन्टी ।

क्रिकेटमा यस किसिमको परिवर्तनले यसको रोचकता थपिने विश्वास गरिएको छ । पारखीहरू भन्छन् यदि यो फर्म्याट लागू भएको खण्डमा ब्याट्सम्यान डट बल खेल्न नै बिर्सिने छन् र प्रत्येक बलमा बाउन्ड्रीको ताकमा रहने छन् ।

कुनै समय टेस्ट क्रिकेटको लोकप्रियता चरममा थियो । ती तुलनात्मक रूपमा फुर्सदिला दिन पनि थिए होलान्, तर बिस्तारै लगातार पाँच दिनसम्म निरन्तर स्टेडियममा गएर खेल हेरिरहनुमा मानिसहरूले स्वाद ठानेनन् र ५ जनवरी १९७१ मा इङल्याण्ड र अस्ट्रेलियाबीचको पहिलो खेलसँगै वान डे अर्थात् एक दिवसीय फर्म्याटको विकास भयो ।

कुनै समय अत्यधिक लोकप्रिय रहेको टेस्ट क्रिकेट अचेल सम्भ्रान्त क्रिकेट टीमहरूको रुचिसम्म मात्र सीमित हुन पुगेको छ।

मेलबर्न क्रिकेट मैदानमा खेलिएको यस खेलमा ८ बल प्रति ओभ्र्का दरले 40 ओभरको खेल खेलाइएको थियो ।

सुरुमा सामान्यतया ६० ओभरको एक दिवसीय खेल हुने गरे पनि वेस्टेन्डिजले १९७७ देखि नै ५० ओभरको खेलको अभ्यास गर्न थाल्यो ।

इसीबीले यस नयाँ क्रिकेट संस्करणका निम्ति औपचारिक मंजुरी समेत दिइसकेको छ । यस अन्तर्गत काउन्टीस्तरमा २०२० देखि यस फर्म्याटको खेलहरू सुरु हुनेछन्

तर इङल्याण्डले भने १९८५ मा गएर मात्र ५० ओभरको एक दिवसीय खेललाई मान्यता दियो । त्यसपछि यसको लोकप्रियताको युग आयो ।

क्रिकेटलाई अझ रोमांचकारी र छरितो बनाउने क्रममा अस्ट्रेलिया र न्युजिल्याण्डले १७ फेब्रुअरी २००५ मा पहिलो २० ओभरको खेल खेले, जुन आज निकै लोकप्रिय रहेको छ ।

सीमित ओभरको क्रिकेटका दुई संस्करण वान डे इन्टरनेसनल र टि-२० निकै लोप्रिय छन् ।

तर क्रिकेटमा नवप्रवर्तनको युग भने समाप्त भइसकेको छैन । अब क्रिकेटको नयाँ फर्म्याटको बारे चर्चा सुरु भइसकेको छ र त्यसको नाम ‘हन्ड्रेड बल’ हुने सम्भावना छ । यो सुझाव इङलिस क्रिकेट बोर्ड अर्थात् इसीबीले दिएको हो ।

इसीबीले यस नयाँ क्रिकेट संस्करणका निम्ति औपचारिक मंजुरी समेत दिइसकेको छ । यस अन्तर्गत काउन्टीस्तरमा २०२० देखि यस फर्म्याटको खेलहरू सुरु हुनेछन् ।

‘हन्ड्रेड बल’ क्रिकेटमा प्रतियोगिता १६-१६ ओभरको हुने जनाइएको छ । यसमा सुरूका १५ ओभर सामान्य क्रिकेट झैं ६-६ बलको हुने र सोह्रौं ओभर १० बलको हुनेछ ।

सीमित ओभरका नयाँ फर्म्याटहरू ल्याउन सधैं अस्ट्रेलियाको अग्रसरता देखिए पनि यसपालि इसीबीले बाजी मर्ने देखिन्छ।

इसीबीका कार्यकारी अधिकृत टम ह्यारिसनका अनुसार यस्तो क्रिकेट ट्वेन्टी-ट्वेन्टी फर्म्याटको क्रिकेटभन्दा पनि ४० मिनेट छिटो सिद्धिने छ ।

सन् २०२० मा यस टुर्नामेन्ट अन्तर्गत ३८ दिनमा ३६ खेलहरू खेलिने बताइएको छ । तर इसीबीले यस मामिलामा खेलाडीहरूको सल्लाह-सुझाव बमोजिम अगाडी बढ्ने बताएको छ ।

ह्यारिसनका अनुसार यो एकदमै नयाँ र रोचक अवधारणा  भएकाले यसले युवा पिंढीलाई क्रिकेट खेल्न हौस्याउने र क्रिकेटक युवा प्रशंसकहरू थपिने छन् ।

यो फर्म्याट लागू भएपछि ब्याटिङ एक्सन भने खुबी देख्न पाइने छ।

क्रिकेटमा यस किसिमको परिवर्तनले यसको रोचकता थपिने विश्वास गरिएको छ । पारखीहरू भन्छन् यदि यो फर्म्याट लागू भएको खण्डमा ब्याट्सम्यान डट बल खेल्न नै बिर्सिने छन् र प्रत्येक बलमा बाउन्ड्रीको ताकमा रहने छन् ।

कुनै समय टेस्ट क्रिकेटको लोकप्रियता चरममा थियो ।…….. तर बिस्तारै लगातार पाँच दिनसम्म निरन्तर स्टेडियममा गएर खेल हेरिरहनुमा मानिसहरूले स्वाद ठानेनन् र ५ जनवरी १९७१ मा इङल्याण्ड र अस्ट्रेलियाबीचको पहिलो खेलसँगै वान डे अर्थात् एक दिवसीय फर्म्याटको विकास भयो ।

इसीबीले नयाँ संस्करणका खेलहरूको प्रत्यक्ष प्रसारणका लागि प्रसारकहरूलाई आव्हान गरिसकेको छ । तर उसले यसबारेमा अन्तिम फैसला भने खेलाडीहरू र खेल प्रतिनिधिहरूसँग छलफलपछि मात्र अन्तिम फैसला लिइने बताएको छ ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!