शुक्रबार दोलखा जिल्लामा नागरिक छात्रवृत्ति वितरण प्रदान

गैर–आवासीय नेपाली संघ थाइल्याण्डले गतवर्षबाट सुरु गरेको नागरिक छात्रवृत्ति कोषबाट यसवर्ष २०७२ महाभूकम्पबाट प्रभावित गोरखा जिल्लामा २० जनालाई शुक्रबार प्रदान गरिएको छ ।

स्थानीय साझेदार नागरिक अभियानका अनुसार यसवर्ष गोरखाको वारपाक–सुलिकोट गाउँपालिकाको हिमालय माध्यमिक विद्यालय, सौरपानी र सिद्धार्थ माध्यमिक विद्यालय, जौबारीका १०–१० जना पिछडिएका विद्यार्थीहरूलाई उक्त छात्रवृत्ति प्रदान गरिएको हो ।

सो छात्रवृत्ति कार्यक्रम अन्तर्गत प्रत्येक विद्यार्थीले प्रत्येक वर्ष ने.रू. १४,५०० लगायत ब्याग र केही स्टेशनरी सामग्री पाउँछन् । यो छात्रवृत्ति प्रत्येक विद्यार्थीहरूले १२ कक्षासम्म पाउने छन् । उक्त रकम प्रत्येक विद्यार्थीको सामान्य लुगा, जुत्ता, खाजा, स्टेसनरी सामग्री र ब्याग आदिको खर्चबारे अनौपचारिक अध्ययनबाट निर्धारण गरिएको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि बि.नि. दामोदर रेग्मीले सो छात्रवृत्ति प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा नागरिक छात्रवृत्ति बोर्डका कार्यकारी सदस्य तथा कान्तिपुर सिटी कलेजका कार्यकारी निर्देशक प्रह्लाद कार्की, गैर–आवासीय नेपाली संघ थाइल्याण्डका उपाध्यक्ष महेन्द्र श्रेष्ठ, कोषाध्यक्ष कान्छा गुरुङ गाबो, मेगा बैंककका प्रतिनिधि दिनेश पनेरु कार्यक्रम संयोजक राजीव तिमल्सिना वडा अध्यक्ष भीमबहादुर तामा«««ङ विद्यालय प्राध्यापक सहभागी थिए ।

सामुदायिक विद्यालयमा कक्षा ९ देखि १२ बीचमा नियमित अध्ययन गर्दै आएका, पिछडिएका समुदायको, भूकम्प वा द्वन्द प्रभावित, अपांगता भएका, गरिबीको रेखामुनि रहेका, अनाथ वा एकल अभिभावक वा अपांगता भएका अभिभावक लगायतका विभिन्न आधारहरूमा उक्त छात्रवृत्ति निर्धारण गरिएको थियो ।

उक्त छात्रवृत्तिका लागि गैर–आवासीय नेपाली संघ थाइल्याण्डका तत्कालिन अध्यक्ष प्रा.खगेन्द्रराज ढकालको नेतृत्वमा स्थापना गरिएको थियो । गतवर्ष जुन २०१७ मा काठमाडौँमा माननीय शिक्षामन्त्री गोपालमान सिंहले ने.रू.३५,८९,९९९ अक्षय कोषसहितको उक्त छात्रवृत्तिको उद्घाटन गर्नुभएको थियो ।

गैर–आवासीय नेपाली संघ थाइल्याण्डका तत्कालीन अध्यक्ष प्रा.खगेन्द्रराज ढकालले नेपालको एक शैक्षिक गैर–नाफामूलक सेवामुखी संस्था नागरिक अभियानलाई उक्त रकम हस्तान्तरण गर्नुभएको थियो । उक्त अक्षय कोषमा मेगा बैङ्क लिमिटेडले वर्षेनि ३ लाख थप्दै जाने घोषणा समेत गरेको छ ।

गैर–आवासीय नेपाली संघ थाइल्याण्डका वर्तमान अध्यक्ष आशाजित अवालेका अनुसार उक्त अक्षय कोषका लागि रकम बैंककमा ५ दिने नेपाल मेला २०१५, एभरेष्ट बेस–क्याम्प नामक किताबको रोयल्टी लगायत विभिन्न कार्यक्रममार्पmत संकलन गरिएको थियो ।

नागरिक अभियानले उक्त छात्रवृत्तिका लागि शिक्षाविद् हेमन्तराज दाहालको संयोजकत्वमा नागरिक छात्रवृत्ति समिति पनि बनाएको छ ।

सो समितिमा गैर–आवासीय नेपाली संघ थाइल्याण्डका अध्यक्ष पनि पदेन रहने व्यवस्था छ । छात्रवृत्ति वितरणका लागि भने विद्यालयस्तरमै एक स्थानीय समिति गठन गरिन्छ, जसको नेतृत्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षले गर्दछन् ।

उक्त समितिमा विद्यालयको प्रधानाध्यापक, वडा अध्यक्ष र स्थानीय समुदायका प्रतिनिधिहरू पनि रहने व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!