पुरुषका यी बानीले महिलाको उत्तेजना नष्ट गर्छ

तपाई अफिसको हैण्डसम र परफेक्ट एक व्यक्तिसँग डेटिङमा जानु भएको छ । डेटिङ सकिदानसकिदै उक्त व्यक्तिप्रति कुनै शंका उत्पन्न भयो भने त्यसले तपाईको उत्तेजना पूणरुपमा नष्ट गर्दछ र अर्को पटक उसँग डेटिङमा जानेबारेमा सोच्न पनि सक्नु हुन्न । के तपाईसँग पनि यस्तो भएको छ ? पुरषको कुन चाहीँ बानी जुन महिलालाई पटकै मनपर्दैन । र जसले महिलाको उत्तेजना नै पूर्णरुपमा नष्ट गरिदिन्छ ? यी हुन ६ त्यस्ता बानीहरुः

लामो र फोहोर नङ
केटीहरुको लामो र राम्रा नङ त सबैले मन पराउँछन् र चर्चा पनि गरिन्छ तर थाहा छैन महिलाहरुले पुरुषको लामो नङ किन मन पराउँदैनन् । खासगरी पुरुषको लामो र फोहोर नङ महिलाहरुलाई मात्रै होइन त्यो कसैलाई पनि मनपर्दैन् ।

खुट्टाबाट आउने गन्ध
खुट््टाबाट आउने गन्धले महिलालाई मात्रै होइन पुरुषहरुको पनि यौन उत्तेजना नष्ट गरि दिन्छ । यसको प्रमुख कारण धेरै जस्तो पुरुषहरुले मोजा र जुत्ता लगाउछन् र यो समस्या बढी हुन्छ । यधपी पुरुषहरुले ख्याल गर्नु पर्नै मूख्य कुरा के हो भने उसले सधै सफा मोजा प्रयोग गर्नुपर्छ र कहिले काही जुत्तालाई पनि सफा गर्नु पर्छ जसका कारण खुट्टबाट गन्ध नओस् ।


अर्कोको कुरा न सुन्नु
महिला र केटी मात्रै होइन केही पुरुष पनि कुरा गर्न मन पराउँछन् । उनीहरु दिनभरी कुरा गर्न सक्छन् तर साथीको कुरा भने सुन्दैनन् । यस्ता मानिसहरुको कुरा प्रयास आफ्नै दायाँबायाँका मात्रै हुन्छन् । त्यसवेला उनीहरु आफ्नो सफलता, समस्याका बारेमा मात्रै कुरा गर्छन । जव तपाई आफ्नो अफिसका समस्याका बारेमा कुरा गर्नु हुन्छ त्यति बेला उनले तपाइलाई बोल्न दिदैनन् ।

कमन सेन्सको कमी
सबै पुरुषको आइ क्यू १७० होस भने आशा गर्न सकिदैन । तर विश्वमा के भइरहेको छ त्यसबारेमा सामान्य ज्ञान हुन भने जरुरी छ । साथै आफ्ना सामानहरुका बारेमा सम्झनाका लागि सामानय सेन्स हुन भने आवश्यक छ । यदि तपाई विश्वमा भइरहेका पछिल्ला घटनाकाबारेमा पूर्णरुपमा बेखबर हुनुहुन्छ
भने तपाईको साथीलाई यो मन पर्दैन र यसले उत्तेजनालाई नष्ट गरिदिन्छ ।

आइकान्ट्याक्ट नगर्नु
केटी र महिलाहरुसँग आँखा जुधाएर कुरा गर्नुको अर्थ हुन्छ तपाइमा आत्मविश्वास छ र आँखा जुधाई यदि सही तरीकाबाट गरिएको छ भने त्यो निकै सेक्सी पनि देखिन्छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!