फ्राइडे ‘स्वर्ग मेरो गाउँ’ प्रदर्शनमा

वैशाख ७ गते शुक्रबारदेखि सबै हलहरुमा एउटैमात्र नेपाली चलचित्र ‘स्वर्ग मेरो गाउँ’ प्रदर्शनमा आएको छ ।

यद्यपी देशभरका चलचित्र भवन ‘स्वर्ग मेरो गाउँले’ मात्र पाएको भने होइन । अघिल्लो साता प्रदर्शनमा आएको दुई चलचित्र ‘लिलिबिलि’ र ‘नेप्टे’ र केही साता अगाडी आएको ‘शत्रु गते’ ले पनि यो साता निरन्तरता पाएको छ ।

नरेन खड्का र भावना गुरुङ अभिनित चलचित्र हो ‘स्वर्ग मेरो गाउँ’ । रामकृष्ण बजगाइँको निर्माण तथा निर्देशन रहेको चलचित्रले गाउँलाई स्वर्ग बनाउन लागि परेका युवाको कथा उठाएको छ । अष्ट महर्जनको द्वन्द्व, गोविन्द राईको नृत्य रहेको चलचित्र प्रचार प्रसारमा भने कमजोर देखिएको छ ।

गत सातादेखि ‘लिलिबिलि’ र ‘नेप्टे’ रिलिज

गत शुक्रबारबाट प्रदर्शनमा आएका यी दुबै चलचित्र आजबाट दोस्रो सातामा प्रवेश गरेका हुन् । पहिलो साता यी दुवैले चलचित्रले राम्रो व्यवसाय गरेको निर्माताहरुको दाबी रहेको छ । ‘लिलिबिली’ मिलन चाम्स निर्देशित प्रदीप खड्का र नव–अभिनेत्री जसिता गुरुङ अभिनित चलचित्र हो ।

काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘लिलिबिली’मा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ ।

चलचित्र ‘नेप्टे’का निर्देशक देवकुमार श्रेष्ठ रहेका छन्, भने यसमा रोहित रुम्बा, छुल्ठिम गुरुङ, ए गुरुङ, बुद्धि तामाङ, पूर्णिमा लामा लगायतको अभिनय रहेको छ । अभिनेता रोहित रुम्बाले नै नेप्टे निर्माण गरेका हुन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!