दिउँसो १२ बजेसम्म उडान हुन नसक्दा यात्रुहरु अलपत्र

काठमाडौं । देशको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल १३ घण्टासम्म अवरुद्ध भयो। राति १० बजे काठमाडौंबाट मलेसिया उड्न लागेको मालिन्दो एयरको जहाज धावनमार्गमा चिप्लिएपछि त्रिभुवन विमानस्थलको उडान र अवतरण ठप्प भएको हो ।

शुक्रबार दिउँसो १२ बजेसम्म उडान नहुँदा हजारौं यात्रु अलपत्र परे । विदेशका बिभिन्न ठाउँबाट काठमाडौं आउँदै गरेका विमानलाई उतै फर्काइयो । उड्न ठिक्क परेका अरु उडान रोकिए । काठमाडौंबाट विदेश जान लागेका स्वदेशी र विदेशी यात्रु विमानस्थलमै अलपत्र परे ।

रातिदेखि खान र सुत्न समेत नपाएको उनीहरुको गुनासो छ । उडान नियमित भए पनि व्यवस्थित हुन समय लाग्ने विमानस्थल कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!