विश्वका प्रभावशाली व्यक्तिको सूचीमा अभिनेत्री दीपिका पर्न सफल

मुम्बई । चर्चित पत्रिका टाइम्सले विश्वका १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गरेको छ । यसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि भारतीय क्रिकेटर विराट कोहलीसम्म अटाएका छन् ।

भारतका केही हस्ती यस सूचीमा परेका छन् । भारतीय क्रिकेटर विराट, अभिनेत्री दीपिका पादुकोण, ओलाका संस्थापक भविष्य अग्रवाल तथा माइक्रोसफ्टका सीइओ सत्या नडेला सूचीमा अटाएका छन् ।

यस पटक सूचीमा अटाएका ४५ जना ४० वर्ष भन्दा कम उमेरका रहेका छन् । म्यागजिनमा यस पटक अभिनेत्री निकाले किडम्यान, प्रिन्स ह्यारी, उनकी प्रेमिका मेगन मार्कल, क्यानडाका प्रधानमन्त्री जस्टिन टूडो, साउदी राजकुमार प्रिन्स मोहमद विन सलमान, चीनका राष्ट्रपति सि जिनपिङ, उत्तर कोरियाका किमम जोन उन, बंगलादेशका प्रधानमन्त्री शेख हसीना तथा गायिका रिहानालगायत परेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!