वामदेव गौतमको सनसनीपूर्ण अन्तर्वार्ता: माओवादीको पहिचान भनेको जनयुद्ध हो त्यो उल्लेख नभए एकता हुनसक्दैन

काठमाडौं, वैशाख ७ । नेकपा एमालेका उपाध्यक्ष एवं वाम एकताका सूत्राधारमध्येका एक वामदेव गौतमले एकीकृत पार्टीको अन्तरिम विधानमा जनयुद्धलाई उल्लेख नगरे एकता हुन नसक्ने बताएका छन् ।

माओवादीले १० वर्षसम्म सञ्चालन गरेको नौलो जनवादी क्रान्तिलाई जनयुद्ध भएको बताउदै अहिलेको राजनीतिक परिवर्तन र माओवादीको पहिचान भनेको जनयुद्ध भएको गौतमले बताएका छन् । चर्चित टेलिभिजन टकशो फायरसाइडमा दिएको अन्तर्वार्तामा गौतमले भने, ‘माओवादीले सञ्चालन गरेको जनयुद्ध नै हो । उसको तागत, पहिचान र बल भनको जनयुद्ध नै हो ।’

वैशाख ९ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको अन्तिम घोषणा गर्ने तयारी भएपनि भएपनि पछिल्लो समय केही ढिलासुस्ती देखिएको छ । भने दुई अध्यक्ष र एकता संयोजन समितिको बैठक पनि बस्न नसकिरहेको समयमा माओवादी नकिट नेताका रुपमा चिनिने एमालेका प्रभावशाली नेता गौतमले भने, माओवादीको पर्सनालिटी भनेको जनयुद्ध हो, वेट भनेकै जनयुद्ध हो । त्यो उल्लेख नभइ कसरी पार्टी एकता हुन्छ । त्यसमा एमालेको कुनै आपत्ति छैन् ।

उपाध्यक्ष गौतमले भने, ‘नेकपा माओवादीले सञ्चालन गरेको जुनयुद्ध र एमालेले गरेको संसदीय संर्घषका कारण र शान्तिपूर्ण आन्दोलनको सार आजको संघीय लोकतान्त्रिक गणतन्त्र हो । त्यसैले कसैको अवमूल्याङ्क गर्नु हुँदैन ।’

एमालेले जनयुद्धलाई स्वीकार गरेपनि एकीकृत पार्टीको अन्तरिम विधानमा जनयुद्ध शब्द उल्लेख गर्ने विषयमा भने नमानेको बताइएको छ । पार्टीे र सरकारका नेतृत्वका बारेमा पनि टुंगो लगाउन वाँकी रहेको बताइएको छ । त्यसैगरी संगठनात्मक पदीय वाँडफाँडमा पनि कुरा अहिलेसम्म कुरा मिलेको छैन ।

अरु एमालेका मित्रहरूले नि जनयुद्ध र माओवादी प्रतिको बुझाइ यस्तै हुनु पर्यो । हिजोको भाटे कारबाही सम्झेर कुतर्क गर्दै हिड्ने हो भने चहि कम्युनिस्ट एकता कता जाने हुन केही थाहा छैन । सञ्चिकै राष्ट्र बनाउने हो भने काइते तर्क गर्न छोडौ सबैले । खाडीमा बसेर खबुस चपाउदै कोही बन्दुकको फुर्ति लगाउने, कोही ठुलो पार्टीको दम्भ देखाउदै बस्ने हो भने चहि आफ्नो छोरानातीलाई पनि पासपोर्ट बनाएर तयार बनाएर राख्दा हुन्छ नेपालमा केही हुनेवाला छैन। हैन भने कम्युनिस्ट एकताले धेरथोर आसको टुसाहरु त पलाएकै छ नै, नेतृत्व वर्गलाई एक पटक नयाँ प्रयोग गर्न दिउ। विरोध नै गरे पनि विकल्प सहितको विरोधमा उत्रिनुस् शुभकामना छ ।

Posted by अनिस तामाङ दोङ on 19 ಏಪ್ರಿಲ್ 2018

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!